१० भदौ/अर्थ र व्यापार – ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश घोषणा गरिएको छ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को योजना व्यवस्थापक तथा डिपोजिटरी ग्लोबल आइएमई क्यापिटलले मंगलबार लाभांश घोषणा गरेको हो ।
यस योजनाका इकाईधनीले आर्थिक वर्ष २०८१/८२ का लागि १२ प्रतिशतले हुन आउने १२ करोड ३० लाख ९१ हजार रुपैयाँ प्रतिफल पाउने छन् ।
आइएमई क्यापिटलले बुक क्लोज पछि ब्यालेन्स्ड फन्डको प्रतिशत तोकिने जनाएको छ । यस योजनाको प्रवर्धक ग्लोबल आइएमई बैंक हो ।
तपाईको प्रतिक्रिया