२ भदौं/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आईफोनमा ५ प्रतिशत र म्याकबुकमा ५ प्रतिशत छुट पाउने छन् । यसैगरी, आईफोन र म्याकबुकका एसेशोरीजहरुमा २० प्रतिशत छुट पाउने भएका छन् ।
क्रेडिट कार्ड भएका ग्राहकहरुलाइ इन्ट्रपे स्कीमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ ।
सो सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा र प्रभु बैंक लिका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षरबीच सम्पन्न भएको हो ।
यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत् सेवा दिँदै आएको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
तपाईको प्रतिक्रिया