logo

बैंक तथा वित्तीय संस्थाहरूले फेरि घटाए ब्याजदर

    709   पटक पढिएको


३२ असार /अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाहरुले फेरि निक्षेपको ब्याजदर घटाएका छन्। १ साउनदेखि लागू हुनेगरि वित्तीय संस्थाहरुले ब्याजदर घटाएका हुन् ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएसँगै बैंकले साउन महिनामा निक्षेपको ब्याजदर घटाएका हुन् । राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशतलाई २.७५ प्रतिशतमा झारेसँगै बैंकहरु बचत र छोटो अवधिको मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा झारेका छन् ।
यसअघि निक्षेप संकलन दर ३ प्रतिशत हुँदा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर ३ प्रतिशत तल आउन सकेको थिएन । जसकालागि ब्याजदरको नयाँ सूची बैंकहरुले बुधबार प्रकाशित गरेका छन् ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर र नीतिगत दर ०.५० प्रतिशत विन्दु तथा निक्षेप संकलन दरलाई ०.२५ प्रतिशत विन्दुका दरले घटाएको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बचत र मुद्दती निक्षेपको न्यूनतम २.७५ प्रतिशत झारेका छन्।
वित्तीय संस्थाहरुले घटाएको निक्षेपको ब्याजदर लागत कम भइ आधार दर घटेर कर्जा अझै सस्तिने छ । जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ७.९९ प्रतिशत छ । पछिल्लो दुई डेढ वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउदै आइरहेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।