९ असार/ अर्थ र व्यापार – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच सांग्रिला डेभलपमेन्ट बैंक जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य सेवा केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई ‘कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा शाखा प्रबन्धक थकालीले प्रत्येक वर्ष बैंकले विभिन्न संघ संस्था र विद्यालयहरूमा स्वास्थ्य तथा शैक्षिक सामग्री तथा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र यो क्रमलाई आगामी दिनमा पनि जारी राख्ने बताए ।
स्वास्थ्य सेवा केन्द्रकी अनमी परियारले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विशेषगरी दम र निमोनियाका विरामीको उपचारमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा घरपझोङ गाउँपालिका – ३ का सदस्य थकालीले स्वास्थ्य सेवा केन्द्रको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएर नागरिकको स्वास्थ्य उपचारमा बैंकले ठूलो योगदान गरेको बताए ।
तपाईको प्रतिक्रिया