logo

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच सम्झौता

    483   पटक पढिएको


४ असार/अर्थ र व्यापार – एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि १३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।
सहमतिपत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
मनाङको नासोङ गाउँपालिकामा निर्माण हुने सो आयोजना बुटवल पावर कम्पनी लिमिटेडले प्रवर्द्र्धन गरेको हो। आयोजनाको निर्माण कार्य चिनियाँ ठेकेदारमार्फत ईपीसी मोडलमा अगाडि बढाइनेछ र दुई वर्षभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ।
आयोजनाबाट उत्पादित विद्युत मनाङको धारापानीस्थित सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। यसका लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद सम्झौता चालु वर्षको वैशाखमै सम्पन्न भइसकेको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुने अनुमान गरिएको सो बैंकले जनाएको छ ।
एभरेष्ट बैंक, भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त साझेदारीमा स्थापना भएको संस्था हो। हाल बैंकसँग १३२ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १ सय ६७ एटीएमसहित करिब १४ लाख ग्राहक सेवा लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।