logo

सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति लिने कार्य बन्द गर्न पूर्व गर्भनर क्षेत्रीको सुझाव

    602   पटक पढिएको

१४ वैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सस्तो लोकप्रियता र क्षणिक फाइदालाई हेरेर वित्तीय नीति लिने कार्य बन्द गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव  कार्यक्रममा पूर्व गर्भनर क्षेत्रीले यस्तो बताएका हुन् ।
‘पुँजीगत खर्चको लागि भन्दा छुट्याएको बजेट भन्दा वित्तीय खर्चमा छुट्याइएको बजेट धेरै छ । सस्तो लोकप्रियता र छोटो फाइदालाई मात्र हेरेर अगाडि बढ्दा हामी समस्यामा परेका छौं,’ क्षेत्रीले भने, ‘अर्थतन्त्रको सवालमा राज्य नियामक सबै संवेदनशील हुन आवश्यक छ । वित्तीय क्षेत्र सुधार, साक्षरतामा काम गर्दै गएमा वित्तीय अपराध हुने स्थिति हामी कम गर्न सक्छौं ।’
उनले विश्वको कुनै कुनामा घटेको घटनामा नेपाल जोडिँदै र विश्वमा भएको घटनाको प्रभाव नेपालमा पनि पर्ने भएकोले यसमा सचेत हुनुपर्ने बताए । ‘सहकारी समस्या समाधान गरेर नागरिकको पैसाको फिर्ता गरेमा अर्थतन्त्र लयमा फर्किन सक्ने देखिन्छ,’ क्षेत्रीले भने, ‘यसले मानिसको क्रयशक्ति बलियो बनाउने भएकोले त्यसमा ध्यान दिन आवश्यक छ ।’
उनले नेपालले होनहार युवाहरू बाहिर गएर पठाएको र रेमिट्यान्सले नेपालको अर्थतन्त्र मजबुत स्थितिमा देखिएकाले यसमा मात्रै सन्तुष्ट हुने ठाउँ नरहेको बताए ।
विदेशी मुद्रा आर्जनको अन्य बाटो खोल्न नसके समस्यामा पर्ने बताउँदै उनले निर्यातयोग्य वस्तु र सेवामा सुधार गर्न नसकेमा अर्थतन्त्रको अवस्था सुधार हुन नसक्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।