logo

बैंकहरुको नाफा १.४ प्रतिशतले बढ्यो, ११ वटाको बढ्दा ९ वटाको घट्यो

    548   पटक पढिएको

७ वैशाख/अर्थ र व्यापार – हाल सञ्चालनमा रहेका विभिन्न २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो । एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १दशमलब ४० प्रतिशत बढेको हो । ११ बैंकको नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ भने ९ वटाको घटेको छ ।
सार्वजनिक विवरणअनुसार नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो बैंकको नाफा २१ गुणा बढेको छ । त्यस्तै, एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । सो बैंकको नाफा ९१ दशमलब ८ प्रतिशत घटेको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आर्थिक शिथिलताले व्यवसाय बढाउन नसक्दा त्यसको असर वाणिज्य बैंकहरुको ब्यालेन्ससिटमा परेको देखिएको छ । चालु आर्थिक वर्षको वितेका ९ महिना चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले अघिल्लो आवको सोही अवधिको तुलनामा मुनाफा जम्मा १ दशमलब ४ प्रतिशतले बढाएका छन् । यो वृद्धि कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले लिएको लचिलो नीतिका कारण सम्भव भएको हो।
राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जालाई पुर्नसंरचना र पुनर्तालिकीकरण गरिदिँदा पनि बैंकहरुको नाफा वृद्धिमा बल पुगेको छ । २० वटा बैंकले ९ महिनामा कमाएको मुनाफा ४१ अर्ब २४ करोड रुपैयाँ छ । जसमध्ये ११ बैंकले नाफा बढाउँदा ९ वटाको भने घटेको छ।
नाफाको वृद्धिदरमा नेपाल बैंक सबैभन्दा अगाडि रहेको छ । यसैगरी, धेरै नाफा गर्नेमा नबिल बैंक पहिलो नम्बरमा परेको छ । नेपाल बैंकको नाफा २०३२ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ । सो बैंकको नाफा २ अर्ब ७८ करोड रुपैयाँ नाफा रहेको छ ।
यस्तै नबिलले ५ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । नाफा वृद्धिको दर ८.२ प्रतिशत छ।
बैंकरहरुका अनुसार अपेक्षाअनुसार कर्जाको माग नभए पनि राष्ट्र बैंकले निर्माण क्षेत्रको कर्जा पुर्नसंरचना र पुनर्तालिकीकरण गर्न पाउने सुविधाले गर्दा केही राहत पुगेको छ । यसअघि कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेका कारण नाफा बढेको सम्बन्धीत बैंकरूले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।