logo

ग्लोबल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठुलो बैंक बन्ने अध्यक्ष ढकालको दावी

    316   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । बिहीबारदेखि यस बैंक आफ्नो १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको हो ।
१८ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे । उनले कर्मचारीहरूले आफ्नोपन सहित काम गरेको खण्डमा धेरै लाभ लिन सकिनेमा आफु ढुक्क रहेको बताए ।
नेपालमा रहेका कुनै पनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको भन्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिब ५० प्रतिशत रेमिट्यान्स भित्राउनु पनि बैंकका लागि खुसीको कुरा भएको बताए ।
‘कुनै बैंकको टोटल डिपोजिट बराबरको हाम्रो सेभिङ डिपोजिट छ , जुन चिज हाम्रो लागि धेरै गौरवको कुरा हो । हामी र हामी अन्तर्गतका रेमिट्यान्स कम्पनी तथा बैंकको हिसाबले करिब करिब ५० प्रतिशत जति रेमिट्यान्स हाम्रो च्यानलमार्फत भित्राएका छौँ, त्यो पनि आफैँमा धेरै ठुलो एचिभमेण्ट हो’अध्यक्ष ढकालले भने । अझै जुन हिसाबले डिपोजिट मोभिलाइजेशन भएको छ र जसले क्यापासिटी बढाएर यस बैंकलाई ब्राण्डिङ गरेको दावी गर्दै उनले यो हिसाबले अझै यस बैंकले धेरै काम गर्न सक्ने ठाउँ रहेको बताए ।
‘सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीलाई म के भन्न चाहन्छु भने यो एउटा सानो कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम सुरु गरेको व्यक्तिले १८÷२० वर्षको बिचमा नेपालको सबैभन्दा ठुलो बैंक, सबैभन्दा ठुलो नेटवर्क, सबैभन्दा ठुलो ब्यालेन्ससाइड भएको सानो इनिसिएसन लिएर इमानदार हिसाबले काम गर्न लाग्यो भने र अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्ने कुरा आज प्रमाणित भएको छ’ उनले भने ।
उनले हाल आफुहरुसँग करिब ४ हजार कर्मचारी र धेरै शेयर होल्डर भएको जानकारी गराउँदै उनले मेहनत अझै बढायौँ भने साइजको हिसाबले त सबैभन्दा ठुलो भएको , अझै हरेक प्यारामिटरमा नेपालको सबैभन्दा ठुलो बैंक र सबै प्यारामिटरमा अब्बल छौँ भन्ने कुरा प्रमाणित गर्नको लागि नतिजा दिन धेरै समय नलाग्ने बताए ।
उनले सबै कर्मचारीहरुलाई हरेक इण्डिभिजुअलमा यो मेरो बैंक, राम्रोसँग काम गरेको खण्डमा मेरो पनि भविष्य छ भन्ने गरी काम गरे यसबाट बेनिफिट धेरै लिन सकिने भएकाले सोही अनुसार काम गर्न आग्रह गरे ।
१८ औँ वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । यस्तो छुट २४ पुससम्म रहने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।