logo

सेयर बजारमा उत्साह छायो, नेप्से ४५.८८ अंकले बढेर २७१५ विन्दुमा

बैंकिङ क्षेत्र सर्वाधिक बढ्यो

    638   पटक पढिएको



२६ मंसिर/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह छाएको छ । यसअघिका ६दिन निरन्तर ओरालो लागेको सेयर बजारलाई बुधबार बैंकिङ उपसमुहको सेयर मुल्य बढेर उचालेको हो ।
यसदिन नेप्से ४५ दशमलब ८८ अंकले बढेर २७ सय १५ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । बुधबार कुल ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४५० रुपैयाँको सेयर करोबार भएको छ । अघिल्लो करोबार दिन ४ अर्ब ४१ करोडको कारोबार भएको थियो ।
यसदिन २ सय ११ वटाकम्पनीको सेयर मूल्य बढ्दा २९ वटाको घट्यो भने ३ वटाको स्थिर रहेको छ । यस दिन बैंकिङ उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ३ दशमलब ४३ प्रतिशतले बढेको छ ।
यसैगरी, विकास बैंक उपसमुहको १ दशमलब ६३ प्रतिशत , फाइनान्स उपसमुहको १ दशमलब ८३ प्रतिशत,होटल तथा टुरिजम उपसमुहको १ दशमलब ०५प्रतिशत , हाइड्रोपावर १ दशमलब ९६ प्रतिशत, लगानी उपसमुहको ०.७९ प्रतिशत, जीवन बीमा उपसमुहको १.०७ प्रतिशतले बढेको छ । यसैगरी, उत्पादन उपसमुहको ०.६० प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.४२ प्रतिशत , निर्जीवन बीमा उपसमुहको १.०३ प्रतिशत , अन्य उपसमुहको ०.५७ प्रतिशत र व्यापार उपसमूहको १.५६ प्रतिशत बढेको छ ।
यसदिन न्यादी हाइड्रोपावरको ९.९ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.६ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.८ प्रतिशत, माथिल्लो मैलुङखोला जलविद्युतको ८.५ प्रतिशत तथा राप्ति हाइड्रोको ७.१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा जानाकी फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जोशी हाइड्रोपावर र एचआईडीसीएल क्रमशः अगाडि रहेका छन् । यस दिन बैंकिङ उपसमुहले नै सेयर बजारलाई बढाएको देखिएको छ । यसअघि धेरै समयसम्म बैंकिङ उपसमुहको सेयर मुल्य घट्दा समग्रमा नेप्से परिसूचकलाई नै प्रभाव पारेको थियो ।
यसदिन खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोको ८.२ प्रतिशत, महिला लघुवित्तको ६.२ प्रतिशत र उपकार लघुवित्तको मूल्य ४.६ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।