logo

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान

    548   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रर्वधन गर्ने वार्षिक अभियानको छैठौं संस्करण–अभियान सुरु भएको छ । ‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नाराकासाथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्न विभिन्न अफरहरू प्रदान गर्नुकासाथै विभिन्न स्थानमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गर्ने छ ।
बैंकका ग्राहकहरूलाई विशेष अफरः सरलीकृत कर दाखिलाः डिसेम्बर महिनाभरी मोबाइल मनी मार्फत आफ्नो (स्थायी लेखा नम्बर) वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी सय रुपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकहरूले बैंकबाट थप सय रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन्। आफ्नो खातामा यसरी प्यान वा एनआईडी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन्।
मोबाइल मनी प्रयोगकर्ताहरूले सजिलै एउटा मिस–कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन्। मोबाइल मनी एपबाटै सो सेवामा आबद्ध भई डिसेम्बर महिनाभरी मिस–कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकले पनि सय रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने सो बैंकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।