logo

कुमारी बैंकद्धारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

    835   पटक पढिएको

११ मंसिर/अर्थ र व्यापार – कुमारी बैंकले उद्यमशिलता विकास र प्रर्वधनका लागि मोरङको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ‘देशैभरि, वर्षैभरि’ अभियान अन्तर्गत यो कार्यक्रम युएसएडसँगको साझेदारी र बेलबारी नगरपालिकाको समन्वयमा सम्पन्न भएको सो बैंकले जनाएको छ ।
यस बैंकले वित्तीय ज्ञान, सीप, मनोबल अभिवृद्धि, र व्यवहार विकासलाई उद्यमशिलता प्रर्वधनको आधार मान्दै, सहज र प्रभावकारी तरिकाले प्रशिक्षण सम्पन्न गरेको जनाएको छ ।

यस कार्यक्रम मार्फत सहभागीलाई वित्तीय उद्यमशिलताको महत्व, वित्तीय साक्षरता, र समकालीन प्रविधि तथा कुमारीजी एपको उपयोगबारे जानकारी गराइएको थियो ।
यसैगरी, राष्ट्रिय कलाकारको सहभागितामा तयार गरिएका सन्देशमूलक भिडियोहरू र सचेतनामूलक सामग्रीहरू पनि प्रस्तुत गरिएको थियो । यस प्रकारका प्रशिक्षणले स्थानीय उद्यमीहरूको सोच र व्यावसायिकतामा निखार ल्याई आर्थिक समृद्ध परिवार, समाज, र राष्ट्र निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको सो बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रर्वधन गर्दै आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।