logo

ग्लोबल आईएमई बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य

    373   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार – ग्लोबल आईएमई बैंक र गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
ग्लोबल आईएमई बैंकको नक्साल शाखा प्रबन्धक पवनकुमार पौडेल र गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा उल्लेख भएबमोजिम ग्लोबल आईएमई बैंकका कर्मचारी तथा ग्राहकलाई गुरु ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजमा १० लाख रुपैयाँसम्मको स्पेसल डिस्काउन्टका साथै अन्य विभिन्न आकर्षक सुविधा उपलब्ध गराउने सो बैंकले जनाएको छ ।
यस्तै, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवं ग्राहकले बैंकमा ट्राभल कार्ड तथा डलरकार्ड खरिदमा ५ सयबराबरको स्पेसल डिस्काउन्ट लगायत अन्य विविध सेवामा अफर प्राप्त गर्ने बताएको छ ।
सामाजिक अभियान तथा संस्थागत सामाजिक क्रियाकलापमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको सो बैंकले जनाएको छ । कार्यक्रममा ग्लोबल आईएमई बैंकको नक्साल शाखा प्रबन्धक पवनकुमार पौडेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।