logo

माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग

    875   पटक पढिएको


१० माघ/अर्थ र व्यापार – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।
बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा–१५ माल्नेटामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी–६ बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुवै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
बैंकले बागमती प्रदेशको कामनपा–४ लम्टङिनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ । विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपछि दुई सरकारी विद्यालयहरूको अवस्था अवलोकन गरी सो पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
२८९ जना विद्यार्थी एवं १८ जना शिक्षक÷कर्मचारी कार्यरत त्रिभुवन जनमाध्यमिक विद्यालयमा खानेपानीको अभाव छ । १८ सय भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत शैलेश्वरी माविमा शौचालय व्यवस्थित नहुँदा विद्यार्थी र शिक्षकहरू समस्यामा परेका छन्।
विद्यालयको पूर्वाधार निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन ।
यसैगरी, काठमाडौँ महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएपछि बैंकले सभाहलको निर्माण गर्ने निर्णय गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।