logo

सिटिजन्स बैंकको १९०औं शाखा इमाडोलमा

    701   पटक पढिएको


२० मंसिर/अर्थ र व्यापार – ललितपुर इमाडोलमा सिटिजन्स बैंकको १९०औं शाखा सञ्चालनमा आएको छ। डेढ दशकदेखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याउदै आएको बैंकले इमाडोलमा शाखा विस्तार गरेको हो।
योसँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३८ शाखा र बागमती प्रदेशमा ५२ शाखा सञ्चालनमा छन्। नयाँ शाखा सञ्चालनको अवसरमा उक्त शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने छ ।
यसैगरी, लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २ सय ५५ र लकर शुल्कमा ५ सय ५ रूपैयाँ छुट उपलब्ध छ। यी सुविधा हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध छ।
इमाडोलमा मंगलबार आयोजित एक कार्यक्रममा बैंक सञ्चालन समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखा उद्घाटन गरे। कार्यक्रममा अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झौता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे ।
कार्यक्रममा बैंक सञ्चालन समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो। सो शाखा उद्घाटनमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति थियो।
सुविधा सम्पन्न यस शाखामार्फत लकर सेवा, एटिएम सेवालगायत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १ सय ९० शाखा, १ सय ५० एटिएम र ९७ शाखारहित इकाइबाट १६ लाख ७९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।