logo

प्रभु बैंकलाई २०२३ को ‘बैंक अफ द इयर’ , अवार्ड ‘नेपालको बैंकिङ क्षेत्रकै सफलता’

    932   पटक पढिएको

१५ मंसिर/अर्थ र व्यापार – प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। फाइनान्स कम्पनीबाट विकास बैंक हुँदै वाणिज्य बैंकमा स्तरोन्नति भएको प्रभु बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लण्डनमा आयोजित एक कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन्।
प्रभु बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर गरेको बैंकिङको सराहना गर्दै सो अवार्ड दिइएको हो ।

अवार्ड ग्रहण पछि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अवार्डले प्रभु बैंकले दिने सेवा प्रवाह विस्तारमा थप सहयोग पुग्ने बताए।
उनले यसलाई नेपालको बैंकिङ क्षेत्रकै सफलताका रुपमा व्याख्या गरे । यस्तै, अध्यक्ष सिटौलाले यो अवार्डले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए । ‘वर्तमान र्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हौसला प्रदान गरेको छ।

हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्नेछ’ उनले भने। पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ । हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेबसाइटमा उल्लेख छ । पत्रिकाले २४ वर्षदेखि यस्तो अवार्ड वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।