logo

सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्सबिच सम्झौता

    958   पटक पढिएको


२८ असोज/अर्थ र व्यापार – सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्स बिच बैंकको ग्राहकहरूको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।
यस साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरूले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय बिजनेस सोलुशन्सको सेवा लिने छन् । यसबाहेक, उपायले व्यावसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने छ । यसैगरी, उपायले बैंकका कर्मचारीहरूलाई व्यावसायिक÷ वित्तीय व्यवस्थापनमा क्षमता वृद्धि गर्न पनि मद्दत गर्नेछ ।
सिद्धार्थ बैंक, एमएसएमई बैंकिङ प्रमुख प्रदीप पन्त तथा उपाय बिजनेस सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । साझेदारीको बारेमा बोल्दै, सिद्धार्थ बैंक, एमएसएमई बैंकिङ प्रमुख, प्रदीप पन्तले भने, ‘सिद्धार्थ बैंक लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरू र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरूलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानुन र नियमको पालना गर्न मद्दत गर्दै आएका छौ । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरूको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ ’।
उपाय बिजनेस सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सिद्धार्थ बैंक लिमिटेडसँगको सहकार्य उद्यमीहरूलाई फलदायी हुने बताइन्

उनले थप भनिन्, ‘उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानुनी, कर व्यवस्थापन सम्बन्धी व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ र यो साझेदारीले पनि थप मद्दत पु¥याउनेछ ’।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।