logo

माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सवमा आकर्षक योजना सार्वजनिक

    1066   पटक पढिएको


१८ असोज/अर्थ र व्यापार – माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा माछापुच्छ्रे बैंक स्थापना भएको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकले एक विशेष कार्यक्रमको आयोजना गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले २३ वर्षसम्म बैंकको निरन्तर उन्नति, प्रगति र सम्वृद्धिका लागि सहयोग गर्ने सबैमा धन्यवाद समेत दिए । महतोले आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै ग्राहकहरुलाई थप उत्कृष्ट सुविधाहरु प्रदान गर्दै बैँकको संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनीय ढंगले जिम्मेवारी बोध गर्दै देशको आर्थिक विकासमा टेवा पु¥याउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार क्यासब्याक लगायतका अफरहरु सार्वजनिक गरिएको हो । जसको उपयोग डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत २ जना फोन पे मर्चेन्टले सामसुङ ट्याब्लेट र १ जनाले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । यसैगरी, एमबिएल एम स्मार्टबाट फोन पे बिलमाफर्त बिल भुक्तानी गर्दा एक जना भाग्याशाली ग्राहकले निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् ।

यो अफर १५ देखि ३० असोजसम्म लागु हुने बैंकले जनाएको छ । यसैगरी, बैंकका ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्म (५२३ र ७२३ रुपैयाँ)को क्यासब्याक , नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्दा २३ प्रतिशतसम्म (२२३ रुपैयाँ) को क्यासब्याक, सिटीटेकको ३ जना फिनपोस मर्चेन्टले प्रति दिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजिटल तथा सेलट्रोन प्रालिले १

भाग्यशाली मर्चेन्टलाई सीजी टिभी र सेलट्रोन मार्फत हनर फोन पाउन सक्नेछन् । मोकोमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशतसम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाइरहेका छन् । यो योजना १ असोजदेखि सुरु भएर १७ असोजमा मात्र लागु हुने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।