logo

बैंकिङ कसुर तथा संजाय ऐन २०६४ को संशोधनको तयारी, चेक बाउन्स केसमा २ वर्षसम्म कैद प्रस्ताव

    1109   पटक पढिएको


१७ असोज/अर्थ र व्यापार – सरकारले बैंकिङ कसुर तथा संजाय ऐन २०६४ को संशोधन गरी चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ ।
केही समयअघि मन्त्रीपरिषद्बाट पारित विधेयकमा चेक अनादरको विषयलाई बैंकिङ कसुर मान्ने र त्यस्तोमा अधिकतम् दुई वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
सरकारले चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रयोजनकै लागि बैंकिङ कसुर तथा संजायसम्बन्धी ऐन संशोधन गर्न लागेको हो । यसअघिको ऐनमा यस सम्बन्धमा पर्याप्त व्यवस्था नभएको तथा सर्वोच्च अदालतले भिन्न भिन्न प्रकृतिमा फैसला गरेपछि चेक बाउन्स(अनादर)को विषयमा कानूनी एकरुपता थिएन ।
अब प्रस्ताव गरिएको यो विधेयक पारित भएपछि त्यसमा स्पष्टता हुनेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको बैंकिङ कसुर तथा संजाय ऐन–२०६४ लाई संशोधन गर्न बनेको विधेयकमा ‘कसैले पनि आफ्नो बैंक खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीको लागि पर्याप्त छैन भन्ने जानीजानी कसैलाई चेक जारी गरी दिन वा बैङ्कसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन’ भन्ने व्यवस्था छ ।
यसअघिको बैंकिङ कसुर तथा संजाय ऐनमा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटीदिन नहुने’ व्यवस्था मात्रै थियो । यसैगरी, बैंकले भुक्तानीको लागि आएको चेकमा आवश्यक रकम खातामा नभए चेक धारकलाई फिर्ता दिनुपर्ने र त्यसरी फिर्ता हुन आएको चेक धारकले अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा तीस दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई त्यसको अभिलेख राख्नुपर्ने प्रस्ताव विधेयकमा छ ।
चेक फिर्ता दिँदा बैंकले खातावालालाई दिएको सूचनाको अभिलेख राखिसकेपछि त्यसको व्यहोरा चेकमा समेत जनाई त्यस्तो चेक धारकलाई फिर्ता गर्नुपर्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको छ ।
३० दिनको म्याद समाप्त भएपछि चेक धारकले फिर्ता गरिएको चेकमा उल्लेख गरिएको रकम भुक्तानी माग्दा खातामा आवश्यक रकम मौज्दात नभएर भुक्तानी दिन नसकिने भएमा बैंकले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको व्यहोरा प्रमाणित गरी त्यस्तो चेक धारकलाई फिर्ता गरिदिनुपर्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको हो ।
तर, खातावालालाई बैंकमा पर्याप्त रकम नरहेको सूचना दिएकोमा खातावालाले जुनसुकै बखत त्यस्तो चेक फिर्ता लिई धारकलाई चेकमा उल्लिखित रकम भुक्तानी दिन भने सक्ने प्रस्ताव गरिएको छ ।
चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि भने अर्थ मन्त्रालयको परामर्शमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेअनुसार हुने प्रस्ताव गरिएको हो ।
हाल भईरहेको तीन महिना कैदलाई २ वर्ष बनाइयो
संशोधन विधेयकमा प्रस्ताव भएको चेक अनादर प्रमाणित भएमा चेक जारी गरीदिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरीदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना साथै जेल संजायको समेत प्रस्ताव गरिएको छ ।
चेक अनादरमा पाँच लाख रुपैयाँसम्म बिगो भए एक महिनासम्म कैद, पाँचलाख रुपैयाँभन्दा बढी दश लाख रुपैँयाँसम्म बिगो भए तीन महिनासम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैँयाँसम्म बिगो भए ६ महिनासम्म कैद र पचास लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद संजाय प्रस्ताव भएको हो ।
यसअघिको ऐनमा यस्तो कसुर गर्नेलाई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद हुने व्यवस्था थियो । चेक अनदार गर्ने व्यक्ति सम्बन्धित संस्थाको अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत भएमा सो ऐनमा प्रस्ताव गरिएको संजायमा थप एक वर्ष कैद हुने प्रस्ताव गरिएको छ ।
तीन महिनाभित्र जाहेरी दिनुपर्ने
ऐन संशोधन मार्फत खातामा पर्याप्त मौज्दात नहुँदा चेक काटेर चेक अनादर गरेको प्रमाणित भएमा प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिने व्यवस्था गर्न लागेको हो । त्यसरी जाहेरी परेको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था पनि गर्न लागिएको छ ।
चेक अनादरको मिलापत्र गर्न भने सकिने प्रस्ताव विधेयकमा गरिएको छ । मिलापत्रको लागि निवेदन परेमा सरकारी वकीलले मुद्दा अनुसन्धानको सिलसिलामा भए अनुसन्धान अधिकृतलाई दुवै पक्षबीच मिलापत्र गराई दिन र मिलापत्र भएको व्यहोरा अभिलेखमा जनाई सो अनुसन्धान स्थगन गर्न सम्बन्धित अनुसन्धान अधिकारीलाई आदेश दिनुपर्ने प्रस्ताव भएको छ ।
यसरी सरकारी वकीलले दिएको आदेशअनुसार मिलापत्र गराई त्यसको अभिलेख राख्नु सम्बन्धित अनुसन्धान अधिकृतको कर्तव्य हुने विधेयकमा प्रस्ताव गरिएको छ ।
मिलापत्रको लागि निवेदन परेमा सम्बन्धित अदालतले प्रचलित कानून बमोजिम मिलापत्र गराई दिनुपर्ने र त्यसरी मिलापत्र भएकोमा प्रतिवादीलाई ऐनबमोजिम सजाय नहुने प्रस्ताव भएको हो । यसरी चेक अनादरको अनुसन्धान हुँदै गर्दा वा मुद्दा दर्ता भइसकेपछि पनि मिलापत्र हुनसक्ने व्यवस्थाले अदालतमा यस्ता मुद्दाको संख्या कम हुनसक्ने बुझाइ सरकारको छ ।
विनिमय अधिकारपत्र ऐनको दफा १०७ क खारेज हुने
चेक बाउन्समा बैंकिङ कसुर ऐनका साथै विनिमय अधिकारपत्र ऐन २०३४ पनि आकषिर्त हुने विद्यमान व्यवस्था थियो । सो ऐनको दफा १०७ ‘क’ मा बैंक खातामा रकम नभएको वा पर्याप्त नभएको जानीजानी चेक काटी हस्तान्तरण गर्ने र उक्त चेक भुक्तानीको लागि बैंकमा जाँदा पर्याप्त निक्षेप नभएको कारणले बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो । उक्त व्यवस्थालाई खारेज गर्दै बैंकिङ कसुर तथा सजाय ऐनमा नै बिगो दाबी जरिवाना र जेल सजायको व्यवस्था भएको हो ।
तर, ऐन संशोधन हुनुअगाडि विनिमय अधिकारपत्र ऐन २०३४ अनुसार दायर भएका मुद्धा सोही ऐनअनुसार किनारा लाग्ने उल्लेख छ । सहकारी संस्था र संघलाई बैंकिङ कसुर ऐनबाट हटाइयो, सहकारी बैंकलाई ल्याइयो विद्यमान बैंकिङ कसुर तथा संजाय ऐनको दायरामा सहकारी संस्था र संघहरु पनि रहेकोमा अब सहकारी बैंक मात्रै सो ऐनको दायराभित्र रहने गरी ऐन संशोधन प्रस्ताव भएको छ ।
ऐनको दफा १२ (क) लाई संशोधन गर्दै सहकारी संस्था र संघलाई झुक्याई कारोबार काम गर्दा बैंकिङ कसुर हुने व्यवस्थालाई हटाउने प्रस्ताव गरिएको छ । सो ठाउँमा सहकारी बैंक राख्न प्रस्ताव भएको हो ।
यस्तै ऐनको दफा १४ (ख) मा राष्ट्र बैंकको स्वीकृत लिएर मात्रै सहकारी संस्थाले बैंकिङ कारोबार गर्न सक्ने भन्ने व्यवस्थालाई संशोधन गर्दै त्यसको स्थानमा सहकारी बैंक बनाउन प्रस्ताव गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।