logo

एभरेष्ट बैंक र ओम हस्पिटलबीच सहकार्य सम्झौता‚ बैंकका ग्राहकलाई सेवा शुल्कमा १०% छुट

    1135   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार – एभरेष्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबिच बैंकका ग्राहकलाई अस्पतालको सेवासुविधाका शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा तिनका पारिवारले उपचार सेवा लिँदा अन्तरंग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
चाबहिलस्थित अस्पताल निजी क्षेत्रबाट तीन दशकदेखि सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्था हो। अस्पतालमा आकस्मिकदेखि सघन उपचारलगायत अन्य ३७ भन्दा बढी विषयमा उपचारसँगै विशेषज्ञ सेवा दिँदै आएको सो बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै एभरेष्ट बैंकका १२७ शाखामा १३ लाखभन्दा बढी ग्राहक छन्। बैंकले ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमसहित अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।
सम्झौता हस्ताक्षर समारोहमा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका व्यापार प्रवर्धन प्रबन्धक विनोद अधिकारीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।