logo

ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि चेक जम्मा गर्ने मेसिन

    947   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंकले मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ । अब मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने गरी सोमबारदेखि चेक डिपोजिट र क्यास डिपोजिट सेवा आरम्भ गरेको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका आइएमी गु्रपका अध्यक्षसमेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो बैंकको कमलादीस्थित केन्द्रिय कार्यालयबाट क्यास तथा चेक सेवाका लागि नयाँ डिजिटल सेवाको शुभारम्भ गरेका हुन् ।

ढकालले ग्राहकको समस्यालाई बुझेर चेक जम्मा गर्ने मेसिनको व्यवस्था गरिएको बताए । यो सुविधा भएपछि बचतकर्ता लाईन बस्नु पर्ने झन्झटबाट मुक्त गर्ने उनले दावी गरे । ‘ग्राहकलाई छिटो भन्दा छिटो सेवा दिने उदेश्यले चेक जम्मा गर्ने मेसिन मार्फत सुरुवात गरेको छ । यसले आम ग्राहकलाई सेवा दिने र बैंकको काउन्टरमा भिड लाग्नबाट र समय बचाउन मदत गर्छ’ उनले भने ।

उनले यसले ग्राहकलाई सेवा दिने र हरेक हिसावले अब्बल हुनको लागि यो बैंकले यस्ता सेवाहरु लयाएको बताए । बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो ।
यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग विनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् । करिब २ मिनेटमा ग्राहकले जम्मा गरेको ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ ।

ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै मसिनबाटै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौंको न्यूरोड र कमलादी तथा काठमाडौं बाहिर इटहरी, नारायणघाट र बुटवल तथा चेक डिपोजिटर कमलादी, न्यूरोड र कुलेश्वर तथ काठमाडौं बाहिर विरगजं र पोखरामा राखिएको जनाएको छ । यो सुविधा सुरुभएसँगै एकपटकमा एक लाख रुपैयाँसम्म डिपोजिट गर्न सकिने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।