logo

राष्ट्रिय वाणिज्य र नेपाल बैंकबीच मर्जरको तयारी,बरालको संयोजकत्वमा कार्यदल बन्यो

    836   पटक पढिएको

१७ बैशाख/अर्थ र व्यापार – निजी क्षेत्रका बैंकहरुबीच आपसी मर्जरको लहरसँगै अहिले सरकारी दुईवटा बैंकहरु पनि मर्जरका लागि छलफल अघि बढेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मर्जरका लागि कार्यदल गठन भएको छ । यी दुई बैंक मर्जरको सम्वन्धमा अर्थमन्त्रालयले विस्तृत अध्ययनका लागि कार्यदल गठन गरेको हो ।

मर्जर सम्वन्धी अध्ययनका विश्लेषण गर्न अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यववस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा कार्यदल बनाएको बुझिएको छ । केही समयदेखि सरकारी दुई बैंकबीच एक आपसमा गाभ्ने भनेर आन्तरिक रुपमा व्यापक छलफल हुँदै आएको थियो । नियामक निकाय नेपाल राष्ट्र बैंक हुँदै अर्थमन्त्रालयमा छलफल भईरहेको थियो ।

यस्तो तयारीको हल्लासँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत सार्वजनिक कार्यक्रममा सरकारी बैंकहरु पनि मर्जरमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । गत १० माघमा राष्ट्रिष्य वाणिज्य बैंकको वार्षिकोत्सवको कार्यक्रममै गभर्नर अधिकारीले पछिल्लो समयमा निजी क्षेत्रका बैंकहरुको मर्जरको लहर चलिरहेको र बैंकहरुको व्यावसायिक आकार बढीरहेको भन्दै सरकारी बैंकहरुलाई पनि मर्जरमा जान सुझाव दिएका थिए ।
उनले भनेका थिए, ‘आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि एक आपसमा कुरा गर्न सक्नेछन् ।’ सार्वजनिक कार्यक्रममा नै गर्भनर अधिकारीले सरकारी बैंकहरुले पनि मर्जरको फाइदा र आवश्यकता बुझ्न आवश्यक रहेको औल्याएका थिए । मर्जरपछि बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा व्यवसाय वृद्धि र गुणस्तरीय सेवा प्रवाह हुने उनको भनाई थियो ।
त्यसैले हाल देसको आर्थिक अवस्थालाई दृष्टिगत गर्दै नेपाल र बाणिज्य बैंकले एक आपसमा मर्ज हुने गरि छलफल अघि बढाएका हुन् । यो छलफल अब छिटै टुंगोमा पुग्ने यि दुई बैंकभित्रका कर्मचारीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।