logo

राष्ट्र बैंकले फेरि वैदेशिक रोजगार बचतपत्र बिक्री खुलायो

    739   पटक पढिएको


१७ बैशाख/अर्थ र व्यापार – वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र पुनः बिक्री खुला गरेको छ ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार) देखि ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र–२०८५ निष्काशन गरेको हो ।
यो बचतपत्र खरिदका लागि आगामी २४ जेठसम्म आवेदन दिन सकिनेछ । राष्ट्र बैंकले सो बचतपत्रको ब्याजदर ११ प्रतिशत तोकेको छ । गत फागुनमा बिक्रीका लागि खुला गरिएको बचतपत्रको ब्याजदर १२.५० प्रतिशत रहेको थियो।
वैदेशिक रोजगारमिा रहेका नेपाली कामदार र वैदेशिक रोजगारीबाट फर्केको ६ महिना अवधि नपुगेका नेपाली नागरिक र गैरआवासीय नेपालीले आफ्नो परिवारको नाममा सो बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
भारतमा रहेका नेपालीहरूले भने त्यसमा आवेदन गर्न पाउँदैनन् । बचतपत्रको ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ । राष्ट्र बैंकका अनुसार यस बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा माग गरिएको कुल रकममा नबढ्ने गरी १० हजार रुपैयाँले भाग हुने रकममा आवेदन गर्न सकिने बताइएको छ ।
बचतपत्र खरिदका लागि आवेदनकर्ताले आफ्नो राहदानी, भिसाको प्रतिलिपि, विदेशी मुद्रामा खाता रहेको भए बचतपत्र खरिदमा प्रयोग भएको सो रकम,जम्मा वा खर्च भएको बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने छ ।
यसैगरि, आवेदकले विदेशमा कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साइजका दुईप्रति फोटो, परिवारका सदस्यका नाममा खरिद गर्ने भए उनीहरूको नागरिकता प्रमाणपत्र, नाबालिगको नाममा भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्छ ।
राष्ट्र बैंकले उच्च महत्व दिएर प्रत्येक वर्ष वैदेशिक रोजगार बचतपत्र बिक्री आह्वान गरेपनि वैदेशिक रोजगारमा रहेका कामदार भने अझै अपेक्षाकृत रुपमा उत्साही नदेखिएको राष्ट्र बैंककै निष्कर्ष छ । त्यसैले यस्तो बचतपत्रमा लगानी गरि राम्रो फाइदा लिन सम्बन्धीत सरकारवालाहरुलाई आग्रह गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।