logo

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई २० थान कम्प्युटर र हल निर्माणमा ४० लाख सहयोग

    866   पटक पढिएको


१५ चैत /अर्थ र व्यापार – सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको समुद्घाटन गरेको छ । एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको उद्घचटन गरेका हुन् ।
सो कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिष्ठित उद्योगी, व्यापारी समूहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
बैंकले विगत १६ वर्षदेखि पोखरा मनपा, वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि सो भवनमा स्थानान्तरण गरेको छ ।
अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आम ग्राहकहरु समक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।
यसका साथै बैंकले सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सोको लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहिन बिद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न ४० लाख रुपैयाँ सम्मको सहयोग गर्ने सम्झौता गरेको छ ।
सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।