logo

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेण्डर सार्वजनिक

    1045   पटक पढिएको


१० चैत/अर्थ र व्यापार – ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको २०८० सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवं ग्लोबल आइएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा सो क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
ग्लोबल आईएमई बैंकले हरेकवर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मण्डला चित्रकला प्रवद्र्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न बताए ।
मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको भन्दै उनले आगामी दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवद्र्धन गर्न ग्लोबल आइएमई बैंक प्रतिबद्ध रहेको बताए ।
चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको सो बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिए ।
नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उनको भनाइ रहेको थियो ।
‘छरिएर रहेका मण्डला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो’, उनले भने, ‘यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ।’

सो कार्यक्रममा कलाकारद्वयले मण्डला चित्रकलालाई क्यालेण्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिए । सो अवसरमा बैंक अध्यक्ष ढकालले कलाकारद्वयलाई सम्मान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।