logo

बचतको ब्याज दर घटाउने बैंकर्स संघको निर्णय,अब ऋणीसँग आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने

    1072   पटक पढिएको


२५ फागुन अर्थ /व्यापार – नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याज दर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ।
सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू हुने ब्याज दर पुनरावलोकन गरेको हो।
अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो।
अहिले कुल निक्षेपमा बचतको हिस्सा २८ प्रतिशत छ। बचतको ब्याज घट्ने बित्तिकै आधार दर कम भइहाल्छ। चैत १ गतेबाटै बचतको ब्याज कम हुने छ। यसले करिव ६ अर्ब रुपैयाँ खर्च घट्ने बैंकहरुको अनुमान छ।
मुद्दति निक्षेपको ब्याज भने यथावत राखिएको छ। बैंकरले संस्थागत मुद्दति निक्षेपको ब्याज दर तीन महिनादेखि एक बर्षसम्म समान भएको भन्दै छोटो अवधिको मुद्दतिको ब्याज घटाउने तयारी गरेका थिए। तर छलफलमा कुरा उठे पनि निर्णय भने हुन सकेन।
ऋणको प्रिमियम पनि बैंकले घटाएका छन्। अब आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ ।
यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। केही बैंकले साढे ८ प्रतिशतसम्म प्रकाशित गरेपछि निक्कै आलोचित पनि भएको थियो।
मानौ अब आधार दर १० प्रतिशत छ भने बैंकहरुले बढिमा ५ प्रतिशत थपेर ब्याज १५ प्रतिशतसम्म लिन पाउँछन्। यद्यपी यो सबै ऋणीलाई होइन। जोखिम धेरै भएका ऋणीहरुका हकमा यो लागू हुने छ।
बैंकहरुले गत माघमा पनि ब्याज दर घटाएका थिए। १२.१३३ प्रतिशतको ब्याज दरलाई ११ प्रतिशत झारेका थिए। निक्षेपको ब्याज घटेपनि आधार दरमा समायोजन भइसकेको थिएन। अब माघ र चैतको एकैपटक समायोजन हुने छ। यसो हुँदा ऋणको ब्याज दर १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने बैंकर्स संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।