logo

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त, कार्यभार सोमबारदेखि सम्हाल्ने

    606   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – कृषि विकास बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले सो कैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द गुरुङलाई सीईओमा नियुक्त गरेको हो। यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो। तीमध्येबाट गुरुङलाई सीईओ बनाउने निर्णय बोर्डले गरेको थियो।
नवनियुक्त सीईओ गुरुङले भोलि सोमबारदेखि कार्यभार सम्हाल्नेछन्।
कृषि विकास बैंकको सीईओमा २२ जनाले आवेदन दिएका थिए।। तीमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ। बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो। सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका छन्।
गुरुङसँग बैंकिङ क्षेत्रमा साढे २ दशक बढी काम गरेको अनुभव छ। गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। हिमालयन बैंकमा एक दशक काम गरेका उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे।
ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि गुरुङले नायब महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए। उनले मेगा बैंकमा साढे २ वर्ष काम गरे। त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए। गुरुङ सिभिल बैंकको सीईओसमेत बने।
सिभिल बैंक छाडेर गुरुङ म्यानमारको बैंकमा काम गर्न पुगे। त्यहाँ उनले म्यानमार सिटिजन्स बैंकमा सीईओकै जिम्मेवारीमा काम गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।