logo

कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव छैन: बैंकर्स संघ

    1040   पटक पढिएको


३ फागुन/अर्थ र व्यापार – नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव नभएको बताएको छ । संघले बुधबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रमा संघका अध्यक्ष सुनिल केसीले तत्काल कर्जाको ब्याजदर एकल अंकमा ल्याउन सम्भव नरहेको बताएका हुन् ।
हाल अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै रहको भन्दै उनले नेपालमा एकल अंकमा ब्याजदर झार्न सक्ने सम्भावना नरहेको बताए । अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै रहेको र नेपालमा मुद्रास्फीति घट्दा पनि लक्षित सीमाभन्दा माथि नै रहेको बताउँदै अध्यक्ष केसीले भने, ‘भारतले मुद्रास्फीति लक्षित सीमाभित्र ल्याउन प्रयास गरेपनि सफल हुन सकेको छैन । जसको प्रभाव नेपालमा पनि पर्छ । त्यसैले तत्काल ब्याजदर एकल अंकमा झार्न सम्भव छैन ।’
विस्तारै ब्याजदर घट्दो क्रममा रहेको भन्दै उनले ब्याजदर एकल अंकमा आउनु भन्दा पनि स्थिर र स्थायित्व प्रमुख विषय रहेको बताए । बैंकहरुले माघदेखि नै निक्षेपको ब्याजदर घटाइसकेको र त्यसको आधारमा विस्तारै कर्जाको ब्याजदर पनि घट्दै जाने धारणा राख्दै उनले बैंकमा ४ करोड ७० लाख निक्षेप खाता र १८ लाख ऋण खाता रहेको भन्दै निक्षेपकर्ताको कुरा नआउने र ऋणीको कुरा मात्रै आउने गरेको बताए ।
पहुँच पनि भएको र वित्तीय सचेतना भएका १८ लाख ऋणीबाट बढी दबाब हुने बताउँदै अध्यक्ष केसीले भने, ‘४ करोड ७० लाख निक्षेप खाताको दायित्व पनि बैंकहरुले लिएका छन् । निक्षेपकर्ताको कुरा कम र ऋणीको कुरा बढी आएका छन् । जसको कुरा बढी आउँछ त्यसैमा समस्या हो कि भन्ने हामीलाई लागेको छ ।।’
उनले चालु आर्थिक वर्षमा तरलताको समस्या हुने अवस्था भने नदेखिएको बताए । विगतको अवस्था हेर्दा पनि आर्थिक वर्षको अन्तिममा सरकारको विकास खर्चमा हुने वृद्धि लगायका कारण पनि आगामी ५ महिनमा २७० अर्बसम्म निक्षेप बढ्नसक्ने र कर्जा १७० देखि १९० अर्बसमम्म जान सकने भएकोले चालु आर्थिक वर्षमा तरलताको दबाब पर्ने अवस्था भने नरहेको केसीले बताए । यस्तो अवस्थामा सरकारको आन्तरिक ऋण परिचालन लगायतका कारण तरलता व्यवस्थापनमा चुनौती भने रहेको उनले बताए ।
यसैगरि, बैंकर्स संघका निर्वतमान अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पनि समग्र विश्वको अर्थतन्त्र एकातिर र नेपालको अर्थतन्त अर्को तिर हुन नसक्ने बताए । उनले विश्वभरी ब्याजदर बढ्दा नेपालमा एकल अंकमा आउने सम्भावना नरहेको बताए ।
निजी क्षेत्रले माग गरे जस्तो एकल अंकमा ब्याजदर नआउने बताउँदै ढुंगानाले भने, ‘ अहिले विरोधका लागि विरोध गर्ने काम मात्रै भएको छ । सडकबाट ब्याजर तिर्दिन र घटाउँछु भन्दैमा समस्याको समाधान हुँदैन ।’
उनले आगमी दिनमा तरलता लगातार बढेर गयो भने ब्याजदर घट्ने अवस्था रहेको अन्यथा तत्कालै बजारमा ब्याजदर घटेर एकल अंकमा आउने सम्भावना नरहेको दावी गरे । निजी क्षेत्रको लागतमा ब्याजदरको हिस्सा ३० प्रतिशत मात्रै हुने गरेको भन्दै उनले ३० प्रतिशत प्रभाव पर्ने ब्याजदर बढ्दैमा सबै समस्या ब्याजदरकै कारण आएको भन्ने भाष्य बनाइनु गलत भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।