logo

कामना सेवा विकास बैंकको कामु सिईओमा दाहाल

    1077   पटक पढिएको


१५ माघ/अर्थ र व्यापार – कामना सेवा विकास बैंकको कामु सिईओमा विनय दाहाल नियुक्त भएका छन । सो बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रविण बस्नेतलाई हटाएपछि कामु सिइओको जिम्मेवारी दाहाललाई दिएको छ ।
यसअघि नवनियुक्त कामु सिईओ दाहाल सो बैंकको डेपुटी सिईओ थिए । अहिले यस बैंकका सिइओ बस्नेत तथा अन्य कर्मचारीहरूले विभिन्न संस्था तथा व्यक्तिलाई ३१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा अपचलन गरेको पाइएपछि दमक प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
बैंकले तत्कालीन सिईओ बस्नेतले झापामा नक्कली ऋणी खडा गरी कर्जा दिएको पाइएपछि राष्ट्र बैंकले थप अनुसन्धान गरेको थियो । त्यसपछि थप कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेको थियो। बस्नेत लगायत ऋण लगानीमा संलग्न कर्मचारीविरूद्ध दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ।
बस्नेतले विभिन्न संस्था तथा व्यक्तिलाई कर्जा प्रवाह गर्दा ३१ करोडभन्दा बढी रकम अपचलन गरेको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएपछि उनी सम्पर्कविहीन छन् । यस्तै बैंकका अन्य कर्मचारीसँग सिआइबीले बयान लिइरहेको छ ।

केन्द्रीय बैंकले गरेको अनुसन्धानले सम्पत्ति मूल्यांकनकर्ता र बैंकका तत्कालीन सिइओ बस्नेत तथा अन्य कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी ऋण अपचलन गरेको देखिएको थियो।

यही क्रममा प्रहरीले बस्नेतसहित ११ जनाको नाममा पक्राउ पूर्जी जारी गरेको छ। बस्नेत पक्राउ पर्नुअघि नै बैंकले उनलाई सिइओबाट हटाइ दाहाललाई कामु सिइओ नियुक्त गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।