logo

वस्तु आयात गर्दा नगद मार्जिन राख्न नपर्ने

    846   पटक पढिएको


८ माघ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिदिएको छ । यो व्यवस्थापछि व्यवसायीले विदेशबाट वस्तु आयात गर्नका लागि नगद मार्जिन राख्न नपर्ने भएको छ ।
एकपरिपत्र जारी गर्दै राष्ट्र बैंकले हालसम्म लिँदै आएको नगद मार्जिनको व्यवस्था खारेज गरेको हो । गतवर्ष पुस ५ र माघ २६ मा परिपत्र जारी गर्दै राष्ट्र बैंकले विभिन्न वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा ५० देखि १ सय प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
उच्च वस्तु आयातका कारण व्यापारघाटामा ठूलो असर परेको भन्दै आयातमा गरिएको कडाइले केही हदसम्म आयात घटेको थियो ।
राष्ट्र बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि सतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्र बैंकले ५ पुस २०७८ र २६ माघ २०७८ मा दुईपटक गरेर ४८ समूहका हार्मोनी कोडका हजारौं प्रकारका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो । गत महिना केन्द्रीय बैंकको निर्माण सामग्रीको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको थियो ।
राष्ट्र बैंकले लागू गरेको सो व्यवस्थाको पछिल्लो समय निजी क्षेत्रले विरोध गर्दै आएका थिए । विश्व व्यपार संगठनको सदस्य मुलुक नेपालले लिएको आयात कडाइको नीतिप्रति अन्तर्राष्ट्रिय मुद्राकोषले पनि चासो व्यक्त गरेको थियो ।
विदेशी मुद्राको सञ्चिति सुधारोन्मुख देखिएपछि आयातमा गरिएको कडाइ खेल्ने संकेत केन्द्रीय बैंकले यसअघि नै गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।