logo

कात्तिकमा ब्याज बढाउन नहुने बैंकर्स संघको निष्कर्ष

    1079   पटक पढिएको

२७ असोज/अर्थ र व्यापार – नेपाल बैंकर्स संघको कार्य समितिले कात्तिकका लागि निक्षेपको ब्याज बढाउन उचित नहुने निष्कर्ष निकालेको छ । असोजमा ११.०३ प्रतिशत रहेको ब्याज बैंकहरुले बढाएर १२.१३३ प्रतिशत पु¥याएका थिए । यसअघि ६ महिनादेखि स्थिर राखेको ब्याज दर असोजमा बढाएका थिए ।
ब्याज बढाएपछि नेपाल उद्योग वाणिज्य महासंघदेखि नेपाल चेम्बर अफ कमर्ससम्मले बिरोध गरेका थिए । व्यवसायीले चौतर्फी बिरोध गरेपछि अर्थमन्त्री जनार्दन शर्माले ब्याज कसरी घटाउन सकिन्छ भनेर अध्ययन गर्न समिति नै बनाएका थिए ।
समितिले ब्याज घटाउने उपायसहितको प्रतिवेदन बुझाइसकेको छ । चौतर्फी बिरोध भएपछि बैंकर्स संघको बैठकले तत्काल बढाउन नहुने निष्कर्ष निकालेको हो । यद्यपि कसरी अघि बढ्ने भन्ने बारेमा निर्णय भइसकेको छैन । संघले २६ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग ’भर्चुअल’ छलफल गरिरहेको थियो ।
‘पक्कै पनि ब्याज बढाउन हुँदेन भन्ने निष्कर्ष बाँकी बैंकरको पनि हुनुपर्छ’ संघका एक सदस्य बैंकरले भने, ’त्यसैले नबढ्ला तर अन्तिम भने भइसकेको छैन।’
उनका अनुसार ब्याज बढाउन वा घटाउन सबै बैंकर स्वतन्त्र छन् । तर पनि एउटै ब्याज राखेर जाँदा सबैको हित हुने बुझाइ हो । ब्याज दर बढाउँदासमेत निक्षेप वृद्धि नभएकाले बैंकहरुले स्थिर राख्न नै जोड दिएका छन् । निक्षेपको ब्याज बढेपछि लागत बढेर आधार दर बढ्छ ।
आधार दर बढेपछि ऋणको ब्याज पनि उक्लिन्छ। यसले अर्थतन्त्रको लागत उच्च हुन्छ भने पुरानो ऋणीको पैसा तिर्ने क्षमतामा कमी आउँदा खराब ऋणको मात्रा बढेर जान्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।