logo

दसैं–तिहार लगायतका चाडपर्वले रेमिट्यान्स बढेसँगै दुई सातामै थपियो ६७ अर्ब निक्षेप

    1036   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – सोमबार घटस्थापनाको दिनबाट सुरु भएको बडादसैं लगायतका चाडपर्वले वितेका दुई सातामै बाणिज्य बैंकहरुमा झण्डै ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वहरु नजिकिएसँगै विदेशमा रहेका नेपालीहरुले स्वदेशमा तथा आफ्ना घरपरिवारमा धमाधम रेमिट्यान्स रकम पठाउने क्रम बढेपछि अहिले बैंकहरुको निक्षेपमा यस्तो सुधार देखिएको हो ।
गत साता वाणिज्य बैंकहरुमा २६ अर्ब १४ करोड निक्षेप थपिएको छ । त्यो भन्दा अधिल्लो साता ४० अर्ब ५४ करोड निक्षेप थपिएको थियो । भदौको अन्तिम साता र असोजको पहिलो सातामा गरेर वाणिज्य बैंकहरुमा ६७ अर्ब ६८ करोड रुपैयाँ निक्षेप थपिएको छ । यसअवधिमा बैंकहरुले ६ अर्ब २० करोड मात्र कर्जा विस्तार गरेका छन ।

चालु आर्थिक वर्ष २०७९/८० सुरु भएपछिका अधिकांश सातामा निक्षेप घटिरहेको बेला भदौ महिना सुरु भएयता निक्षेपमा निरन्तर सुधार आएको छ । बैंकहरुमा स्रोतको कमी हुँदा कर्जा परिचालनले गति लिन नसकेको हो ।
दशैं तिहार, छठपर्व लगायतका चाडपर्व नजिकिँदै गर्दा रेमिट्यान्स आप्रवाहमा सुधार आउँदै गर्दा भदौको अन्तिम साता र असोजको पहिलो सातामा भने बैंकहरुको निक्षेप उच्चदरले बढेको छ ।
यो अवधिमा रेमिट्यान्स आप्रवाहमा सुधार भएको र सरकारी खर्च पनि बढेकाले निक्षेपमा सुधार भएको बैंकरहरुले बताएका छन । उनीहरुका अनुसार गत भदौ महिनाभरमा वाणिज्य बैंकहरुमा ५९ अर्ब ८६ करोड रुपैयाँ निक्षेप थपिएको छ ।
असोज महिनाको पहिलो सातामा २६ अर्ब १४ करोड निक्षेप थपिएको हो । संघका अनुसार असोज ७ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४५ अर्ब १२ करोड रुपैयाँ निक्षेप पुगेको छ । यसअवधिमा वाणिज्य बैंकहरुले ४१ अर्ब ९४ करोड कर्जा लगानी गरेका छन । पछिल्लो एक सातामा बैंकहरुको कर्जा लगानी ४ अर्बले मात्र बढेको छ ।
तरलता अभावको समस्या अझै समाधान नभएकाले प्रायस् बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प पारेका छन् । नयाँ कर्जा प्रवाह (अपवाद बाहेक) रोकिएको छ भने नयाँ कर्जाका लागि पनि ब्याजदर आकासिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र वित्तीय प्रणालीमा ५१ खर्ब ०६ अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब २३ अर्ब कर्जा परिचालन गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।