logo

चाडपर्व नजिकिएसँगै रेमिट्यान्स बढेपछि बैंकहरुको निक्षेपमा सुधार

    1186   पटक पढिएको

२० भदौ/अर्थ र व्यापार – दसैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै रेमिट्यान्स बढेपछि बैंकहरुको निक्षेपमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० सुरु भएयता बैंकिङ प्रणालीबाट निरन्तर निक्षेप बाहिरिए पनि भदौको तेस्रो सातामा आएर भने सुधार भएको छ ।
दसैँ, तिहार, छठपर्व लगायतका चाडपर्वहरु नजिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा बैंकहरुको निक्षेपमा समेत सुधार आएको हो ।
भदौको तेस्रो साता सोमबारसम्ममा बैंकिङ प्रणालीमा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थपिएको छ । यस अवधिमा बैंकहरुले एक अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेका छन ।
१७ भदौसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने यस अवधिसम्म ४१ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन ।
साउनको अन्त्यसम्म बैंकहरुमा ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
नेपालीहरुको ठूला पर्व तीज, दसैं, तिहार र छठपर्व लगायतका चाडपर्व नजिएकाले रेमिट्यान्स आप्रवाहमा सुधार आएसँगै अहिले बैंकहरुमा निक्षेप थपिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र वित्तीय प्रणालीमा ५० खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । हाल बैंकहरुले ४७ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।