logo

बीओके र हिमालयन बैंकले काउन्टर ग्यारेन्टीवापतको डेढअर्ब रुपैयाँ आगामी साताभित्र पाउने

    1302   पटक पढिएको

३ भदौ /अर्थ र व्यापार – मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा बस्दा फसेको दुई वाणिज्य बैंकको डेढ अर्ब रुपैयाँ अब भने फिर्ता हुने भएको छ ।
मेलम्ची खानपानी आयोजनाको काउन्टर बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले एक साताभित्र पैसा फिर्ता पाउने भएका हुन् ।
चिनियाँ अदालतले चाइना रेल्वे ब्यूरो १६औंमा भएको सम्पत्ति फिर्तासम्बन्धी व्यवस्था हटाउने भएपछि नेपाला दुई वाणिज्य बैंकको फसेको डेढ अर्ब रुपैयाँ फिर्ता आउन लागेको हो ।
चीनको हेनान प्रदेशको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिइसकेको छ । तर, चिनियाँ रेल्वे ब्यूरो १६औंमा व्यवस्था अनुसार सम्पत्ति दिन नमिल्ने थियो ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणाले आगामी साताभित्रमा पैसा फिर्ता आउन लागेको जानकारी दिए । कानूनीरुपमा पैसा फिर्ता पाउनका लागि भएका अड्चन अब हटेका छन्, आगामी साताभित्र पैसा आउने छ’ राणाले भने ।
उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा चीनको चाइना रेल्वे ठेकेदार कम्पनीले पाएको थियो । जसमा चीनको चाइना कन्सट्रक्सन बैंकले ग्यारेन्टी बसेको थियो भने त्यसको काउन्टर ग्यारेन्टीमा हिमालयन बैंक र बिओके बसेका थिए ।
चाइना रेल्वेले सम्झौता अनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकले पाएका थिएनन् ।
यो फैसलासंगै बैंकले काउन्टर ग्यारेन्टीवापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ वापतको रकम काउन्टर ग्यारेन्टी दिएका थिए । जसमध्ये हिमालयन बैंकले ६६ लाख अमेरिकी डलरको काउन्टर ग्यारेन्टी दिएको थियो ।
चाइना रेल्वेले मेलम्चीसँग २०६९ मा सम्झौता तोडिएपछि राष्ट्र बैंकले हिमालयन तथा बीओकेको उक्त रकमलाई ‘एअरमार्क’ गरेर राखेको थियो ।
राष्ट्र बैंकले हिमालयन र बीओकेको एअरमार्क गरेर राखेको पैसा भने मेलम्ची खानेपानी आयोजनालाई फिर्ता दिएको थियो ।
दुबै बैंकले आफ्नो नाफाबाट सो रकम आयोजनालाई भुक्तानी गरिसकेका छन् । र, सो रकम बराबर प्रोभिजन पनि गरिसकेका छन् । राष्ट्र बैंकले यसरी फिर्ता आएको पैसामा विदेशी मुद्राबाट भएको थप लाभ भने रिजर्भमा राख्न लगाउनेछ ।
बैंकहरुले त्यो बेला नेपाली रुपैयाँ भएको प्रोभिजन रकम सेयरधनीले लाभांश पाउनेछन् भने विदेशी डलर र युरोको मूल्य बढेका कारण बढी आउने रकम रिजर्भमा राख्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।