logo

एनसीसी बैंकको खुद नाफा ५२ प्रतिशतले बढ्यो

    933   पटक पढिएको

९ साउन/अर्थ र व्यापार – नेपाल क्रेडिट एण्ड कर्मश (एसीसी) बैंकको खुद नाफा ५१.९८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा २ अर्ब २ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो ।
बैंकद्वारा प्रकाशित गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसारसो अवधिमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १३.२३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।
यसैगरि, गत आवको असार मसान्तसम्म बैंकले १ खर्बै ३४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ४ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, सो अवधिमा बैंकले ५ अर्ब १४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
गत आवमा बैंकको खुद नाफा ५० प्रतिशतबढीले वृद्धि गर्न इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा सहयोग भएको देखिन्छ । सो अवधिमा बैंकले ४३ करोड १६ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको हो।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ७९ पैसा, मूल्य आम्दानी रेसियो ११.६२ र तरलता अनुपात २४.९६ प्रतिशत रहेको छ । साथै, गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.९३ प्रतिशत, बेसरेट ९.२० प्रतिशत, स्प्रेडदर ४.०६ प्रतिशत, सीडी रेसियो ८६.५६ प्रतिशत र कस्ट अफ फण्ड १२.१२ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।