logo

बैंकहरूको खुद मुनाफा झन्डै १२ प्रतिशतले बढ्यो, ग्लोबल आईएमई बैंक नम्बर वान बन्यो  

    1462   पटक पढिएको

७ माघ/अर्थ र व्यापार– चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्त्यसम्म वाणिज्य बैंकहरूले करिब १२ प्रतिशतले नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वित्तीय संस्थाले यस अवधिमा व्यवसाय विस्ता गर्दै नाफा बढोत्तरी गरेका हुन् ।
शुक्रबार प्रकाशित २३ वाणिज्य बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
सो अवधीमा २३ बैंकले कुल २९ अर्ब ५९ करोड ३४ लाख ७४ हजार रूपैयाँ खुद नाफा गरेका हुन् । जुन गत आवको पुस मसान्तसम्म उनीहरूले गरेको खुद नाफा २६ अर्ब ५० करोड ६२ लाख ५६ हजार रूपैयाँभन्दा ११.६५ प्रतिशत बढी हो ।
चालु आवको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंक नाफमा पनि नम्बर वान बैंकको रुपमा देखिएको छ । ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासिकमा १५ प्रतिशतले आफ्नो नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा कुल
२ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको ग्लोबल आईएमई बैंककले चालु आवको दोस्रो त्रैमासिक गत पुस मसान्तसम्ममा २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । यो सबै बैंकहरुको भन्दा बढी नाफा हो । 
सो वित्तीय विवरण अनुसार ग्लोबल आईएमई, एनआईसी एशिया र नबिल बैंकले ६ महिनामै २ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । यी मध्ये एनआईसी एशियाले मंसिर मसान्तमै २ अर्ब नाफा गरेको थियो । पुस मसान्तसम्म ग्लोबलले सबैभन्दा बढी २ अर्ब ६६ करोड, एनआईसीले २ अर्ब ४० करोड र नबिलले २ अर्ब १७ करोड रूपैयाँ नाफा गरेको हो ।
यसैगरि, थप ११ बैंकले १ अर्ब रूपैयाँ भन्दा बढी नाफा गरेका छन् । पुस मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ भने बढी नाफा कमाउने पाँचौं बैंक प्राइम कमर्सियल बैंक हो । सो बैंकको नाफा १ अर्ब ६७ करोड रुपैयाँ छ ।
समिक्षा अवधीमा नाफा बढाउने दर सबैभन्दा बढी सिभिल बैंकको छ । सो बैंकले गत वर्षको पुसको भन्दा १ सय ४८ प्रतिशतले नाफा बढाएको हो । त्यसैगरि, सिद्धार्थ बैंककको नाफा ७१ प्रतिशतले बढेको छ । 
यसैगरि, नाफामा एनआईसी एसिया बैंक दोस्रो बनेको छ । गत आवको सोही अवधिमा २ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको एनआईसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ । 
एनआईसी एसिया बैंकको नाफा गत आवको तुलनामा १६.४७ प्रतिशतले बढेको छ । नबिल बैंक नाफामा तेस्रो बनेको छ । यसअघि नाफामा नम्बर वान बन्ने नबिल बैंक यो पटक भने तेस्रो बनेको छ । नबिलले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेकोमा चालु आवमा २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही त्रैमासिकको तुलनामा ८.२० प्रतिशत बढी हो ।
अहिले गत आवको सोही अवधिको तुलनामा सिभिल बैंकले सबैभन्दा बढी नाफा गरेको छ । सिभिल बैंकले नाफा १४८ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधिमा २० करोड रुपैयाँ नाफा गरेको सिभिल बैंकले चालु आवको दोस्रो त्रैमासिकमा कुल ५० करोड रुपैयाँ नाफा गरेको छ ।
यसैगरि, ५ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको सोही अवधिमा पाँच वटा वाणिज्य बैंकको नाफा घटेको हो ।
नाफा घट्नेमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक , एभरेष्ट बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् । ती बैंकहरुको नाफा क्रमशः १६.९० प्रतिशत, ७.४३ प्रतिशत, २१.७६ प्रतिशत, १२.७८ प्रतिशत र १३.८२ प्रतिशतले घटेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।