logo

नबिलको ‘आजीवन डिम्याट खाता २०२२’ अफर, जीवनभर नवीकरणको झन्झटबाट मुक्त

    1047   पटक पढिएको

१८ पुस/अर्थ र व्यापार – नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ । कम्पनीले आजीवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने व्यवस्था गरेको छ ।
यो योजना जनवरी १ देखि २०२२ को अन्तिम डिसेम्बर महिनासम्मको लागि रहेको छ । यो सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सकिन्छ ।
कम्पनीले आफ्ना हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाहरुलाई आफ्नो डिम्याट खाताको योजना पुषको २६ गतेदेखि लागू गरेको हो । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकैपटक ३ हजार रुपैयाँ भुक्तानी गरी आजीवन नवीकरण गरेका थिए । 
तर, यो नयाँ वर्ष २०२२ बाट ९७८ रुपैयाँ छुटसहित २ हजार २२ रुपैयाँमा आजीवन नवीकरण गर्न मिल्ने नयाँ योजना सो बैंकले सार्वजनिक गरेको हो ।
यसका साथै आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नका लागि नबिल इन्भेष्टको वेभसाइड मा गई खोल्न सकिने छ भने नवीकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि अनलाइन डिम्याटमा गई अनलाइनबाट नै भुक्तानी गर्न सकिने सो बैंकले जनाएको छ । 
यो सुविधा अन्तर्गत विदेशमा रहेका वा खाता नवीकरण गर्न असमर्थ भएका लगानीकर्ताहरूले एकैपटक र एकमुष्ट रकम जम्मा गरी आजीवन नवीकरणको झन्झटबाट मुक्त हुन सक्ने सो बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।