logo

ग्लोबल आईएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर 

    1356   पटक पढिएको

१४ पुस /अर्थ र व्यापार – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरूप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । 
गत १२ देखि आगामी १७ पुससम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्ने जनाएको छ । सो स्वास्थ्य शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण, औषधि वितरण तथा भीआईए जाँच लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । 
नेपाल परिवार नियोजन संघसंगको समन्वयमा हुने कार्यक्रम अन्तर्गत, कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्य चौकी, बराहताल, सुर्खेतमा गत १२ पुसमा, प्रदेश १ को देवानगन्ज स्वास्थ्य चौकी, देवानगन्ज, सुनसरीमा १४ पुसमा, प्रदेश २ को प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा १५ पुसमा, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ, रोल्पामा १६ पुसमा र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्य चौकी, दोगडाकेदार, बैतडीमा आगामी १६ पुसमा, बागमती प्रदेशको पारच्याङ स्वास्थ्य चौकी, नौकुण्ड रसुवामा आगामी १७ पुसमा र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाइ भवन, दोर्दी, लमजुङमा पनि १७ पुसमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने छन् ।
यसअघि बैंकले महिलालाई आर्थिक रूपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्दती बचत खाता सञ्चालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत महिलालाई शारीरिक रूपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ । 
स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरूका निम्ति प्रभावकारी हुने र महिलामा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै आएको सो बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।