logo

नबिल बैंकले सार्वजनिक गर्यो डिजिबैंक पोर्टल, ग्राहकले एकद्वार प्रणालीबाट सेवा पाउने

    1604   पटक पढिएको

२३ मंसिर/अर्थ र व्यापार – नबिल बैकले  ‘नबिल डिजिबैक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले पोर्टलको शुभारम्भ गरेका हुन् । 
सो पोर्टलमार्फत ग्राहकले सहज रूपमै बैंकका सेवाहरू एकद्वार प्रणालीमार्फत प्राप्त गर्नसक्ने छन् । कप्यूटराईज्ड बैंकिङबाट सुरू भएको यात्रा अब भने साच्चै डिजिटल युगमा प्रवेश गरेको बैंकले जनाएको छ । 
बैंकका विभिन्न उपलब्धी मध्ये डिजिबैंक पनि एक भएको सीईओ शाहले बताए । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न २०२० अगस्टमा सो परियोजना स्थापना गरिएको थियो । बैंकले बिहीबार नबिल डिजिबैंक पोर्टल मार्फत सो परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा एक पाइला अघि बढाएको जनाएको छ । 
नबिल डिजिबैंकमा अनलाइन फिक्स डिपोजिट, डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदन लगायतका अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा धेरै अनलाइन सेवाहरु थपगर्दै जाने योजना बनाएको छ । 
सोही अवसरमा बैंकका सीईओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने(भीकेवाईसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरे । भीकेवाईसी शुरुवातसँगै ग्राहकसँग केवाईसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई बिकल्प उपलब्ध भएको छ । 
त्यसैगरी, नबिल भचुअल आईकार्ड नबिल स्मार्टबैंक एफ भित्र इम्बोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्ने छन् । साथै, ब्यालेन्स टपअप पनि गर्न सकिन्छ । 
नबिल डिजिबैंक पोर्टलमा अन्य संस्थाहरुसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेल लगायतका अन्य सुबिधा प्रदान गरिने समेत सो बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।