logo

निक्षेप संकलन सुस्त भएपनि कर्जा लगानीमा आक्रमक बन्दै बैंकहरु

    1377   पटक पढिएको

२१ मंसिर /अर्थ र व्यापार– वाणिज्य बैंकहरुमा मंसिर तेस्रो साता यता निक्षेप थपिन थालेको छ । मंसिरको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप घटेकोमा तेस्रो सातामा भने ७ अर्ब थपिएको छ । चालु आर्थिक वर्षको मंसिर महिनाको पहिलो साता वाणिज्य बैंकहरुबाट ८ अर्ब तथा दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तेस्रो सातामा आएर भने ७ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वका लागि बाहिरिएको रकम बैंकहरुमा आउन थालेपछि निक्षेपमा सुधार देखिएको हो ।
निक्षेप आउनेक्रम सुस्त भएपनि बैंकहरु कर्जा लगानीमा भने आक्रमक देखिएका छन । 
मंसिर तेस्रो साता ७ अर्ब निक्षेप बढाएका वाणिज्य बैंकहरुले १४ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले मंसिरको पहिलो साता ७ अर्ब तथा दोस्रो साता पनि १४ अर्ब कर्जा विस्तार गरेका थिए ।
बैंकिङ प्रणालीबाट निक्षेप झिकिने र नयाँ निक्षेप नथपिए पनि कर्जा प्रवाह भने जारी रहेको छ । यसले गर्दा बैंकहरुको कर्जा निक्षेप अनुपातमा चाप परेको देखिन्छ । अहिले वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८६ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार कर्जा निक्षेप अनुपात ९० भन्दा माथि जानु हुँदैन । तर, केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा सीमामा ल्याउने समयावधि दिएको छ । जसका लागि बैंकहरुले निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई केन्द्रीय बैंक समक्ष पेश गरि सोको कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।