logo

राष्ट्र बैंकले पुनः संशोधन ग¥यो ब्याजदर नीति, औसत आधारमा १० प्रतिशत मात्रै बढाउन पाउने

    1518   पटक पढिएको

२९ कात्तिक/ अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले कार्तिक तीन गते जारी गरेको ब्याजदर वृद्धि सम्बन्धि नीति संसोधन गर्दै एकीकृत निर्देशन २०७७ मा समाबेश गरेको छ । मंसिरदेखि एक बैंक तथा वित्तीय संस्थाको अधिकत र न्युनतम ब्याजदरको औसत ब्याजदर गणना गरी १० प्रतिशत मात्रै बढाउन सक्ने छन् ।
यसको अर्थ कात्तिक महिना न्यून ब्याजदर कायम गरेका बैंकलाई ब्याजदर बढाउने सुबिधा पाउने छ्न भने बढी ब्याजदर कायम गर्नेलाई रोक्ने प्रयास गरेको छ । यसअघिको ब्यवस्थानुसार बैंकले अघिल्लो महिनाको अधिकतम ब्याजदरबाटै १० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था गरिएको थियो ।
यसैगरी, नेपाल राष्ट्र बैंकले कल निक्षेप र सस्थागत निक्षेप बाहेक अन्य निक्षेपको ब्याजदरमा प्रकाशित गर्दा ०.५ प्रतिशत बढी ब्याजदर प्रकाशित गर्नुपर्ने ब्यवस्था खारेज गरेको छ । बोलकबोलका आधारमा दिने ब्याजदर प्रकाशित मुद्द्तीको निक्षेप भन्दा बढी दिन नपाउने ब्यवस्था गरेको छ । 
तर, बैंकमा रहेको निक्षेप पुनः बोलकबोल गरी नवीकरण गर्नुपरेमा ०.१० प्रतिशतसम्म बढाउन सक्ने ब्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।