logo

जेविल्स फाइनान्सको शतप्रतिशत हकप्रद स्वीकृत

    1492   पटक पढिएको

५ साउन / अर्थ र व्यापार – चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनका लागि स्वीकृति पाउने दोस्रो कम्पनी जेविल्स फाइनान्स बनेको छ । फाइनान्सलाई बोर्डले शतप्रतिशत हकप्रद निष्काशनका लागि अनुमति दिएको हो । हाल फाइनान्सको चुक्ता पूँजी २८ करोड ८९ लाख ५६ हजार २५० रुपैंया रहेको छ । बोर्डले हाल कायम पूँजी बराबरको २८ लाख ८९ हजार ५६२.५० कित्ता हकप्रद निष्काशनको अनुमति दिएको हो ।

हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैंया पुग्नेछ । कमाईबाट पूँजी बढाउन नसक्ने भए पछि फाइनान्सले केही फेरी हकप्रद माथि हकप्रदको निर्णय गरेको छ । केही समय अघि शतप्रतिशत हकप्रद पश्चात कायम हुने पूँजीको ४० प्रतिशत हकप्रद प्रस्ताव विशेष साधारण सभाबाट पारित गराएको छ ।

४० प्रतिशत हकप्रद समेत निष्काशन गरे पछि फाइनान्सको चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार रुपैंया पुग्नेछ । कमाईबाट लगानीकर्तालाई प्रतिफल दिन सक्ने अवस्था नदेखिएकाले हकप्रदमा उचालिनु अघि सबै पक्ष केलाउनु लगानीकर्ताका लागि राम्रो हुन सक्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।