logo

बैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै १० प्रतिशत ब्याजको ऋणपत्र, अबदेखि बर्षैभरी जारी गरिने 

    1623   पटक पढिएको

२७ मंसिर / अर्थ र व्यापार -  नेपाल राष्ट्र बैंकले आउँदो १ गतेबाट वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ। वर्षैभरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने नीति अनुरूप पहिलो चरणमा करिव २५ करोडको निष्काशन गरिने भएको छ।

सरकारले वर्षभरीमा आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रूपैयाँ उठाउने लक्ष्य राखेको छ। यसमध्ये एक अर्ब रूपैयाँ वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने योजना बनाएको छ।

वर्षैभरी निष्काशन गर्ने नीतिअनुसार पहिलो चरणमा २५ करोड हाराहारी जारी गरिने छ। यसको ब्याज दर १० प्रतिशत हुने छ। ब्याज भुक्तानी प्रत्येक ६र६ महिनामा हुनेछ।

’पछिल्लो १० वर्षको अवधिमा ऋणपत्रको बिक्री ५ प्रतिशत मात्रै देखियो। निश्चित समयमा मात्रै जारी गर्दा पर्याप्त प्रचारप्रसार हुन सकेन र बिक्री भएन,’ राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बिजमाण्डूसँग भने, ’त्यही भएर हामीले वर्षैभरी बिक्री गर्ने नीति लिएका हौं। यसो हुँदा प्रचारप्रसार गर्न सकिन्छ।’

विदेशमा काम गर्न गएका नेपालीहरुलाई लक्षित गरि ऋणपत्र जारी गरिँदै आएको छ। यो ऋणपत्र वैदेशिक रोजगारमा गएकाहरूको परिवारले नेपालमै पनि खरीद गर्न सक्छन्। विदेशमा कमाएको पैसालाई नेपालमा लगानी गर्न सकियोस् भन्ने हिसाबले ऋणपत्र जारी गरिँदै आएको छ। तुलनात्मक रूपमा उच्च ब्याज दिँदा पनि यसमा आकर्षण भने देखिएको छैन।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।