logo

विद्युत नियमन आयोगको निर्देशनमाथि कुलमानले उठाए प्रश्न,निर्णय नै कानुनविपरीत भएको दावी

    542   पटक पढिएको



१० भदौ/अर्थ र व्यापार – नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगको निर्णयमाथि प्रश्न उठाएको छ । आयोगले गत ६ साउनमा विभिन्न ६ वटा उद्योगको लाइन जोड्न र उद्योगीको उजुरीबारे जवाफ पेस गर्न दिएको निर्देशनको वैधानिकतामाथि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गम्भिर प्रश्न उठाएका हुन्।
आयोगले उद्योगको लाइन काटिनु विद्युत उपभोक्ता हित संरक्षण निर्देशिका–२०८० को नियम १३ को उपनियम १० विपरीत भएको भन्दै तत्काल जोड्न निर्देशन दिए अनुसार प्राधिकरणले गत ८ साउनमा ६ वटा उद्योगको लाइन जोडिदिएको थियो । तर, घिसिङले उद्योगीहरुले प्राधिकरणमा नै उजुरी नगरेको अवस्थामा आफैं आयोगले उजुरी बुझेर निर्णय लिनु निर्देशिका विपरीत भएको जवाफ पठाएका छन्।
निर्देशिकामा प्राधिकरणले काटेको बिल चित्त नबुझे सम्बन्धित वितरण केन्द्र, त्यसपछि प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालयमा उजुरी गर्ने व्यवस्था छ । प्राधिकरणका तीनै तहको निर्णय न्यायोचित नभएको अवस्थामा मात्र विद्युत उपभोक्ताले आयोगमा उजुरी दिन सक्ने व्यवस्था छ । गुनासो समाधानको प्रक्रियाबारे निर्देशिकाको नियम १३ को उपनियम १ देखि १० सम्म स्पष्ट उल्लेख छ।
तर, २५ देखि २७ असारसम्म लाइन काटिएका रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्टील, जगदम्बा सिन्थेटिक, हुलास स्टील, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टले आफ्ना कुनै कार्यालयमा पनि उजुरी नगरेको घिसिङले जवाफमा उल्लेख गरेका छन्।
६ वटा उद्योगले गत ४ साउनमा आफ्नो छाप प्रयोग गरी संयुक्तरुपमा आयोगमा उजुरी दिएका थिए। आयोगले उद्योगको उजुरीबारे आफूसँग सोधीखोजी नै नगरी निर्णय लिएकामा पनि प्राधिकरणले प्रश्न उठाएको छ।
‘प्राधिकरण समक्ष कुनै कुनासो नगरी एकाएक तहाँ उजुरी गर्न नसकिनेमा गम्भीर कार्यविधि त्रुटि भएको निवेदनमा प्राकृतिक न्यायको न्यूनतम प्रक्रिया पूरा नगरी निर्णय भएको देखिन्छ,’ घिसिङले आयोगलाई पठाएको जवाफमा भनेका छन्, ‘निवेदनमा उठाइएको विषयवस्तुमा मागिएको कागज प्रमाणबारे अध्ययन नै नगरी, सरोकारवालासँग बुझ्दै नबुझी र सुनुवाईको मौका नै नदिइ गरेको निर्णय कानुन सम्मत देखिंदैन।’

ऊर्जामन्त्री र उद्योगीसँग छलफल गरेर गत ४ साउनमा उद्योगको लाइन तत्काल जोड्न घिसिङलाई आफूले दिएको मौखिक निर्देशन कार्यान्वयन नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ६ साउनमा आयोगलाई लिखित निर्देशन दिन लगाएका थिए । त्यसपछि प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गराएर तीन महिनाभित्र बक्यौता बुझाउने सर्तमा ८ साउनमा लाइन जोडिदिएको थियो।
आयोगकी सचिव मनदेवी श्रेष्ठले प्राधिकरणबाट पत्र आएको बताइन्। ‘हामीले निर्देशिकामा भएको व्यवस्था अनुसार नै दुई बुँदे निर्देशन दिएका हौं। उताबाट जवाफ आएको छ । तर, प्राधिकरणको जवाफमाथि आयोगमा अहिलेसम्म छलफल भएको छैन,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।