logo

धमाधम ईभी चार्जिङ स्टेसन बनाइँदै,प्राधिकरणले ४० ठाउँमा एकैपटक १० भन्दा बढी चार्जिङ हब बनाउने

    722   पटक पढिएको


३ जेठ/अर्थ र व्यापार – नेपाल विद्युत प्राधिकरणले १० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) एकैपटक चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ ।
विद्युत प्राधिकरणले सातै प्रदेशका ४० स्थानमा ईभी चार्जिङ हब बनाउन अध्ययन समेत गरिसकेको छ । ५१ वटा फाष्ट चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालन गरेको प्राधिकरणले चार्जिङ हब बनाउने योजना बनाएको हो ।
जसमा बाइक, स्कुटर, रिक्सा, बस, मिनी बस, माइक्रो बस एकैपटक चार्ज गर्न मिल्छ । निजी क्षेत्रलाई समेत अब चार्जिङ हब बनाउन प्रोत्साहन गर्न लागेको विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर ज्ञवालीले बताए । स्रोत सुनिश्चितता भएपछि आयोजना अघि बढ्ने प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा झापाको मेचीनगर, पोखरा, बुटवल, भरतपुर,काठमाडौं, कोहलपुर लगायतमा स्थानमा हब बनाउदा उपयुक्त हुने निष्कर्ष छ । त्यसपछि क्रमश बनाउदै जानुपर्ने प्रतिवेदनमा उल्लेख छ । चार्जिङ हबमा भीआईपीका लागि समेत कोटा राखिएको हुनेछ ।
प्राधिकरणले गरेको एक अध्ययन अनुसार पछिल्लो समय निजी क्षेत्र विद्युतीय सवारीसाधनप्रति आकर्षित भएको छ । विद्युतीय बससँगै सानान माइक्रोबसहरु समेत सार्वजनिक सवारीसाधनका रुपमा प्रयोगमा आउन थालेका छन् । विद्युतीय सवारीसाधनलाई सार्वजनिक सवारीमा प्रवद्र्धनका लागि चार्जिङ स्टेसनहरुको पर्याप्त निर्माण गर्नुपर्छ । सरकारले आयातमा कर छुट दिएको छ । चार्जिङ स्टेसनको अभावले निजी ईभी प्रवद्र्धनलाई असर गरिरहेको छ ।
चार्जिङ पूर्वाधारको अभाव हुन थालेपछि प्राधिकरणले ईभी हब चार्जिङ स्टेसन निर्माणको लागि अध्ययन गरेको हो । प्राधिकरणले केहि आयोजना गर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागेको छ । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सधैभरी चार्जिङ स्टेसन बनाइरहन नसकिने बताए ।
‘प्राधिकरणले सधैभरी चार्जिङ स्टेसन बनाएर बस्न सक्दैन । त्यो हाम्रो व्यवसाय होइन । हामी त बिजुली बेच्ने हो, ‘ उनले भने, ‘चार्जिङ स्टेसन बनाउन निजी क्षेत्रलाई सहुलियत दिने हो ।’ उनकाम अनुसार चार्जिङ स्टेसन निर्माणका लागि ट्रान्सफर्मर, मिटर, लाइन उपलब्ध गराउने लगायको काम प्राधिकरणले गरिरहेको छ ।
चार्जिङ स्टेशन सञ्चालनका लागि केन्द्रीय अनुगमन प्रणाली विकास गर्न लागेको छ। प्राधिकरणले ईभी प्रयोगकर्ताका लागि मोबाइल एप, भुक्तानी प्रणाली पनि विकास गरेको छ
ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेसन निर्माण गरेर सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रले साना ठूला गरी ४०० भन्दाबढी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले ईभी बिक्रेतालाई समेत चार्जिङ स्टेसन निर्माणका लागि निर्देशन दिएको छ । कम्पनी बिक्री गर्ने गाडीहरुलाई पुग्ने गरी चार्जिङ स्टेसन बनाउन प्राधिकरणले निर्देशन दिएको हो ।
यसैगरी, प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको नेतृत्वमा चार्जिङ स्टेसनको महसुलसम्बन्धी अध्ययन भएको थियो । जसले हालको मूल्यमा २ रुपैयाँ बढाएर १०० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था गर्न सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।