logo

तामाकोसी–५ को बिजुली प्रणालीमा ल्याउन २२० केभी प्रसारणलाइन निर्माण हुँदै, २८ महिनामा तयार हुने

    718   पटक पढिएको


८ फागुन/अर्थ र व्यापार – तामाकोसी–५ जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न २२० केभी प्रसारणलाइन निर्माण हुने भएको छ ।
दोलखाको विगु गाउँपालिका–४ मा निर्माणाधीन तामाकोसी–५ जलविद्युत आयोजनाको स्वीचयार्डदेखि माथिल्लो तामाकोसी २२० केभी विद्युत् प्रसारणलाइन आयोजनाको टावर १७ र १८ मा ‘लुप इन लुप आउट’ गर्ने गरि प्रसारणलाइन निर्माण गर्न लागिएको हो।
यो डबल सर्किटको प्रसारणलाइन ३.४ किलोमिटरको हुनेछ भने ५७७.८ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सक्छ । प्रसारणलाइनमा कूल १८ वटा टावरहरु निर्माण गरिनेछ। टावरको अधिकतम उचाई ४० मिटरसम्म हुनेछ। टावरहरुबीचको अधिकतम दुरी ३३७.४१ मिटर हुनेछ। आयोजना निर्माणका लागि ९.६८ हेक्टर जमिन आवश्यक पर्नेछ।
जसमध्ये १८ वटा टावरहरुका लागि स्थायी रुपमा १.०१ हेक्टर जग्गा आवश्यक पर्दछ। यसबाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र राइट अफ वे अन्तर्गत ८.१७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्दछ।
यो प्रसारणलाइन निर्माण थालेको २८ महिनामा सक्ने लक्ष्य छ। तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले ९९.८ तामाकोसी–५ जलविद्युत् आयोजना निर्माण गर्न लागेका छ।
यो आयोजनाको निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले पाएको छ। यद्यपि, सम्झौता हुन भने बाँकी छ। सिनो हाइड्रो र कुमार श्रेष्ठको संयुक्त उपक्रम (जेभी)ले ठेक्का पाएको हो।
आगामी ४ महिनाभित्र आयोजनाको निर्माण थाल्ने योजना छ। पूर्व तयारीको काम अन्तिम चरणमा चलिरहेको छ। साइट क्याम्प समेत अन्तिम चरणम निर्माण भइरहेको छ। पहिलो चरणमा सिभिल र हाइड्रोमेकानिकलको काम सुरु गर्न लागिएको हो। दोस्रो चरणमा इलेक्ट्रोमेकानिकल अर्थात उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारणलाइन निर्माणको ठेक्का निकालिनेछ। निर्माण थालेको ४ वर्षमा सक्ने लक्ष्य छ ।
यो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेड हो। आयोजना निर्माणका लागि २१ अर्ब ३४ करोड रुपैयाँ लाग्ने अनुमान भएको छ। यो आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।