logo

विद्युत उत्पादनमा फड्को , फागुन भित्र थपिँदै ४ सय १५ मेगावाटका २३ आयोजना

    1255   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – सुख्या याममा विद्युत् उत्पादन कम हुने अवस्था सन्निकट हुँदै गर्दा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा अबको चार महिनामा थप ४ सय १५ मेगावाटका आयोजनाको विद्युत् जोडिने भएको छ ।
देशभित्र खपत भएर धेरै भएको विद्युत् भारत निर्यात गरिरहेको प्राधिकरणले पुसपछि भारतबाट आयात गर्नुपर्ने हुन्छ । तर, आयात गर्नुपर्ने यही समयमै देशभित्र बनिरहेका आयोजनाले व्यवसायिक उत्पादन थाल्ने भएपछि प्राधिकरणले भारतबाट बिद्युत् आयातको परिमाण घटाउन पाउने छ ।
प्राधिकरणका अनुसार मंसिर महिनामा मात्रै ४ आयोजनाबाट ६७ मेगावाट विद्युत् थप हुँदै छ । यी मध्ये लमजुङमा रहेको २५ मेगावाटको अपर दोर्दी ए आयोजनाले परिक्षण उत्पादन पनि थालिसकेको छ । यसबाहेक बागलुङको कालँगा (१५मेवा),पर्वतको मध्यमोदी (१८मेवा) र सोलुखुम्बुको मध्य सोलुखोला (९मेवा)ले यही महिना विद्युत् उत्पादन थाल्दैछन् ।
पुसमा १० मेगावाटको मार्किगाड, ४.७२ मेगावाटको अपर पिलुवा ४.५५ मेगावाटको अपर माछाखोलाले व्यवसायिक उत्पादन थाल्ने तयारीमा छन् ।
माघमा एकैपटक २४४ मेगावाट क्षमताका विद्युत् आयोजनाले व्यवसायिक विद्युत् उत्पादन गर्ने योजना विद्युत् विकास विभागमा पेश गरेका छन् ।
यस योजना अनुसार ८६ मेगावाटको सोलुखोला(दुधकोशी), ५४ मेगावाटको सुपरदोर्दी र ४४ मेगावाटको सुपर मादी ३८ मेगावाटको अपर कलंगागाडलगायतका ९ वटा जलविद्युत् आयोजना पनि माघमै विद्युत् उत्पादन थाल्ने योजनामा छन् ।
फागुन महिनाभरमा नेपालमा विद्युत्को जडित क्षमता ८४.३ मेगावाट थप हुने छ । थपिने आयोजनामा ३३.४ मेगावाटको लिखु–२ १० मेगावाटको तल्लो पिलुवा, १४ मेगावाटको मायाखोला १८ मेगावाटको अपर सोलुखोलालगायत ७ वटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा कात्तिक मसान्तसम्म १२७ मेगावाटका १० वटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन् । यी मध्ये तीन आयोजना भने परिक्षण उत्पादनको चरणमा छन् ।
आगामी फागुनसम्ममा चालु आर्थिक वर्षमा नेपालमा ५४३.४ मेगावाटका विद्युत् आयोजना थप हुँदा नेपाल विद्युत् प्राधिकरणलाई सुख्खा यामको लोड व्यवस्थापनमा केहि सहज हुने छ ।
प्रणालीमा ५४३ मेगावाट जोडिए पनि सवै जलप्रवही(आरओआर) भएकाले सुुख्खा याममा भने यी आयोजनाले आधा भन्दा कममात्रै विद्युत् उत्पादन गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।