logo

दुई जलविद्युत आयोजना बनाउन चिलिमेको प्रस्ताव, ३६ अर्ब लगानी हुने

    1424   पटक पढिएको


३० असोज/अर्थ र व्यापार – सार्वजनिक निजी साझेदारीमा स्थापना भएको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १६८ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना बनाउन लगानी बोर्डमा प्रस्ताव गरेको छ।
सो कम्पनीले सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको ८७ मेगावाटको सेती नदी–३ अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजना बनाउन यस्तो प्रस्ताव गरेको हो । आयोजना बनाउन चिलिमेले वातावरणीय अध्ययन प्रतिवेदन तयारीको काम थालेको छ ।
चिलिमेले ८७ मेगावाट क्षमताको अर्धजलासय सेती नदी–३ (एसआर–३) र ८१ मेगावाटको बुढीगण्डकी प्रोक आयोजना बनाउने छ । दुई आयोजना बनाउन ३६ अर्ब १२ करोड रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।
बोर्डमा लगानी स्वीकृतिका लागि पेस भएको प्रस्ताव अनुसार एसआर –३ को १९ अर्ब ६६ करोड ६१ लाख र बुढीगण्डकी प्रोकको १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लागत रहने अनुमान गरिएको छ ।
यसैगरि, सुदुरपश्चिमको बझाङमा रहेको ६५ मेगावाटको सेती नदी ३, ४२० मेगावाटको बुढीगण्डकी प्रोक क्यासकेड र ६० मेगावाटको चुमचेत स्यारखोला आयोजनाको डीपीआर तयारीका लागि अध्ययनको काम भइरहेको चिलिमेले जनाएको छ ।
पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङ्ग जिल्लामा पर्छ । बुढीगण्डकी प्रोक गण्डकी प्रदेशको गोरखा जिल्लामा पर्छ । कम्पनीले २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालनमा रहेको छ ।
सो कम्पनीको अगुवाईमा विभिन्न कम्पनीहरूमार्फत् अतिरिक्त १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत परियोजनाहरू निर्माणाधीन रहेका छन् ।
सेती करिडोरका जलविद्युत परियोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण ग्रीडमा जोड्न लागि भारत सरकारको सहुलियत ऋण (लाइन अफ क्रेडिट) सुविधामा चैनपुर–वनलेक–न्यू अत्तरिया ४०० केभी क्षमताको १५० किलोमिटर लामो प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रीड कम्पनीमार्फत् कार्यान्वयन हुँदैछ ।
परियोजनाको विद्युत गृहदेखि चैनपुरसम्म जोड्ने १६ किलोमिटर प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ । त्यस्तै, बुढीगण्डकी प्रोक विद्युत गृहदेखि नजिकको सबस्टेशनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्नेछ ।
सेती नदी आयोजना बनाउन चिलिमेले वातावरणीय अध्ययन प्रतिवेदन तयारीको काम थालेको छ । आयोजना बझाङको जयपृथ्वी नगरपालिका पानकोटमा प्रस्ताव गरिएको छ । आयोजनाको बाँध १४ मिटर अग्लो र ६७ मिटर लामो बन्ने चिलिमेले जानकारी दिएको छ ।
बाँधमा ३ लाख घनमिटर क्षमताको पोखरी बन्ने छ । आयोजनाको सुरुङ ४.२५१ किलोमिटर लामो हुनेछ । आयोजनाको विद्युतगृह जयपृथ्वी नगरपालिकाको सुतियामा हुने भएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली विद्युत प्राधिकरणले प्रस्ताव गरेको चैनपुर सबस्टेसनमा जोडिने भएको छ ।आयोजनाबाट बझाङको जयपृथ्वीका साथै खप्तछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, छविसपाथिमेर गाउँपालिका र थलारा गाउँपालिका प्रभावित हुने आयोजनाले जनाएको छ । नयाँ आयोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको चिलिमेले जनाएको छ ।
सेती नदीका साथै ४२० मेगावाटको बूढीगण्डकी प्रोक क्यासकेड र ६० मेगावाटको चुमचेत स्यारखोला आयोजनाको डीपीआर तयारीका लागि अध्ययनको काम भइरहेको चिलिमेले जनाएको छ । आयोजनाको विस्तृत इन्जिनियरिङको काम सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडमार्फत भइरहेको छ ।
प्रस्तावित आयोजना डीपीआर तयारपछि छुट्टाछुट्टै कम्पनीबाट निर्माण हुने भएको छ । हाल आयोजनाहरुको अध्ययनमा भएको खर्चलाई चालु पुँजीमा देखाइएको छ । कम्पनी स्थापना भएपछि स्वामित्व हस्तान्तरण हुने चिलिमेले जनाएको छ ।
आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी गरेको छ । ४ आयोजना सञ्चय कोषको ऋण लगानीमा निर्माण सुरु भएको हो । नयाँ स्थापना हुने जलविद्युत कम्पनीहरुमा प्रदेश सरकारको पनि सेयर लगानी हुने भएको छ ।
प्रस्तावित सबै आयोजना जनताको जलविद्युत आयोजनामा रहेका छन । आयोजनामा लगानी जुटाउन सर्वसाधारणलाई ४९ प्रतिशत सेयर बिक्री गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।