logo

प्राधिकरणका कर्मचारीमाथी ऊर्जामन्त्रीको आक्रोस : महिनौं बिजुली मिटर नदिने, तलब बढ्दा पनि बोनस चाहिने ?

    1367   पटक पढिएको

२ भदौ/अर्थ र व्यापार – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छिन् । प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी उनले यसै वर्ष मात्रै सरकारले १५ प्रशिशत तलव बढाएको स्मरण गर्दै थप आर्थिक माग नराख्न आग्रह गरिन् ।
प्राधिकरणका कर्मचारी युनियनहरुले बोनस वितरण गर्न माग गर्दै आएका थिए । प्राधिकरणले पनि बोनस वितरण गर्ने गृहकार्य गरेको थियो । तर, त्यसको जनस्तरबाट विरोध भएपछि प्राधिरकण पछि हटेको छ ।
काठमाडौमा भएको प्राधिकरणको वार्षिकउत्सव कार्यक्रममा उनले कोभिडको महाविपत्तिपछिको अवस्थामा अर्थतन्त्र तङ्ग्रिन लाग्दा पनि बोनसको कुरा उठ्नु सही नभएको बताइन् ।
‘मलाई अच्चम लागछ, अहिले बोनसको कुरा उठ्दैछ, यो देशमा ३ करोड जनाता छैनन् ? अरबका खाडीमा जाने ४० लाख युवा बारे एक पटक सोच्नुस्,’ उनले प्राधिरकणका कर्मचारीलाई प्रश्न गरिन्, ‘सोचनीय कुरा हैन ? यहाँ अवसर नपाएर ५० डिग्री तापक्रममा काम गर्ने शव बनेर देशमा फर्किरहेका नागरिकलाई सम्झिनुस् ।’
उनले बोनस माग्न छाडेर सेवा सुधार्न लाग्न र सबै घर परिवारसम्म बिजुली पु¥याउने कार्यमा लाग्न निर्देशन दिइन् । ‘कर्मचारी मात्रै नबनौं, दशेभक्त नागरिक बनौं’ उनले भनिन् ।
उनले यो वर्ष प्राधिकरणका सबै कर्मचारीलाई १५ हजार वार्षिक उत्सव भत्ता दिने निर्णय भएको बताइन् । गत वर्ष यस्तो भत्ता १० हजार रुपैयाँ दिइएको थियो ।
यसतै ४२ महिनाको सावधिक जीवन बीमालाई ५२ महिनाको बनाएको उनले जानकारी दिइन् ।
उनले कर्मचारीलाई नाफा कमाउन नभ्याउँदै भत्ता बाँड्न हतार भरेर हप्काइन ।
प्राधिकरणका कर्मचारीको कार्यशैली प्रति पनि उनले आक्रोस प्रकट गरिन् । उनले सरकारले विद्युत् खपत बढाउन आग्रह गर्दै हिँड्ने तर प्राधिकरण कर्मचारीले एउटा थ्री फेज मिटर दिन पनि महिनौं लगाएको भन्दै त्यस्तो प्रवृत्ति अन्त्य गर्न निर्देशन दिइन् ।
‘ऐन र नियम परिवर्तन ग¥यौं, अब कर्मचारीको सोच र शैलीमा परिवर्तन आवश्यक छ ।

मन्त्रालय, मन्त्री र प्राधिकरणले चाहेजति विद्युत खपत गर्नुहोस्, लोड स्वीकृत गर्नुस् भन्दै हिँड्ने, तर एउटा थ्रीफेज मिटर माग्दा महिनौं कुर्नुपर्ने अवस्था अझै विद्यमान छ,’ उनले भनिन्, ‘अबका दिनमा यस्तो व्यवहार र सेवा प्रवाहको शैली परिवर्तन गर्नु जरुरी छ । त्यस्तालाई कारवाही गर्न निर्देशन दिन्छु।’

उनले एक ठाउँमा ६ महिनासम्म पनि थ्री फेज मिटर नदिएको जानकारी आफूलाई रहेको भन्दै वितरण विभाग प्रमुख मनोज सिलवालको ध्यानाकर्षण गराइन् । ‘काम केन्द्रको गर्ने भत्ता स्थानीयको खाने प्रवृत्ति राम्रो हैन ।

सञ्चालन नै नभएका आयोजनामा भत्ता सुविधाका लागि जाने प्रवृत्ति छ’ उनले भनिन् । उनले कर्मचारीको वृत्ति विकासमा पनि ध्यान गएको छ भन्दै दैनिक ज्यालादारीलाई मासिक ज्यालादारी बनाउन प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।