logo

लामो समय अलपत्र पश्चिम सेती जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई

    1143   पटक पढिएको

२४ साउन/ अर्थ र व्यापार – सरकारले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत आयोजना तथा सेती नदी–६ जलविद्युत् परियोजना विकास अध्ययनको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ ।
जसकालागि छिटै भारतीय कम्पनीसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने छ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ५२ औं बोर्ड बैठकले यस्तो निणर्य गरेको हो ।
बोर्डले पश्चिम सेती तथा सेती नदी– ६ जलविद्युत् परियोजना विकासका लागि भारतीय विकास कम्पनी एनएचपीसीसँग प्रारम्भिक सम्झौता गर्ने निर्णय गरेको छ । सोही बैठकमा यि परियोजना निर्माणकालागि भारतीय कम्पनीसँग गरिने समझदारीपत्र स्वीकृत गरिएको हो ।
कुल ७५० मेगावाट विद्युत उत्पादन क्षमताको पश्चिम सेती र ४५० मेगावाट विद्युत उत्पादन क्षमताको सेती नदी– ६ परियोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने लगानी बोर्डले जनाएको छ ।
लगानी बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले यस्तो जानकारी गराएका हुन । उनले सोही बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्याङ्दी–२ जलविद्युत् परियोजनाको सम्झौता गरि त्यसको सर्वेक्षणको काम समेत अघि बढाउने निर्णय भएको बताए ।
यसैगरि, लगानी बोर्डको सोही बैठकले ६७९ मेगावाट विद्युत उत्पादन क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना निर्माण सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका बाँकी कामहरु गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।
जसकालागि आवस्यक तयारी अघि बढाउन बोर्डलाई निर्देशन दिएको जानकारी गराउँदै प्रवक्ता लम्सालले भने, ‘माथिल्लो मस्याङ्दी –२ जलविद्युत् परियोजनाको सम्झौता गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने निणर्य भएको छ ।’
त्यसैगरि, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाकालागि अवस्यक वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने सन्दर्भमा मन्त्रिपरिषदको निणर्य कार्यान्वयन गर्ने सम्बन्धमा पनि लगानी बोर्डलाई अख्तियारी दिइएको बोर्डले जनाएको छ ।
चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको पश्चिम सेती आयोजना एनएचपीसीलाई दिन सरकारले गत चैतबाटै गृहकार्य गरिरहेको थियो । सोही गृहकार्य अनुरुप बोर्डले गत २३ जेठमा थप प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
सोमबारको बोर्ड बैठकले यि परियोजना निर्माण अध्ययन अनुमतिपत्र प्रदान गर्ने सम्बनधी समझदारीपत्रलाई स्वीकृत गरेसँगै तत्काल सरकारले काम अघि बढाउने छ ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन अघि डडेल्धुराको सदरमुकाममा आयोजित चुनावी सभामा नै यो विषय खुलासा गरेका थिए । त्यतिबेला ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि भारतसँग कुरा भइरहेको देउवाको भनाइ थियो । त्यतिबेला पनि उनले नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतीय कम्पनी नै ल्याउनुपर्ने बताएका थिए ।
अष्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजले समेत बनाउन नसकेको यो परियोजना भारतीय सरकारी कम्पनीले बनाउने आधार देखिएकाले अहिले यस्तो निर्णय भएको बोर्डले जनाएको छ ।
जसकालागि सबै तालुकदार निकायका प्रतिनिधिहरु संलग्न समितिले तयार गरेको समग्रतामा आधारित समझदारीका लागि मस्यौदा तयार भएको बोर्डले जनाएको छ । अध्ययनको चरण अघि बढेपछि थप प्रभाव र अध्ययनबाट देखिने कुरा बाहिर आउने बोर्डले जनाएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएका बेला पनि सम्भव भएसम्म सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी थियो । तर, समझदारीको मस्यौदा नै नटुंगिएका कारण हस्ताक्षर हुन पाएको थिएन ।
सो समय पनि यो परियोजनाको निर्माण मोडालिटी टुंग्याउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजक्तमा एक समिति बनाइएको थियो । समितिले जलाशययुक्त पश्चिम सेती आयोजनामा मात्र विदेशी लगानीकर्ताले चासो दिने गरी पश्चिम सेती र अर्को जलाशययुक्त परियोजना ‘एसआर–६’ एउटै प्याकेजमा बनाउन सकिने सुझाव दिएको थियो । यदि सो मोडलमा सम्भव नभएको खण्डमा छुट्टा छुट्टै रुपमा परियोजना विकास गर्न सकिने पनि सो समितिको सुझाव थियो ।
यसअघि चिनियाँ निर्माण कम्पनी थ्री गर्जेजले १३ भदौ २०७५ सालमा भएको अन्तिम बार्तामा विद्युत उत्पादन क्षमता घटाएर पनि पश्चिम सेती आयोजना बनाउन अस्वीकार गरेको थियो । त्यतिबेला बोर्डले परियोजनाको क्षमता ७५० बाट घटाएर ६२० मेगावाटमा झार्ने र अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने प्रस्ताव गरेको थियो ।
तर, बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर थ्री गर्जेज पश्चिम सेतीबाट बाहिरिएको थियो ।
यसैगरि २५ वर्षअघि पनि अष्ट्रेलियाको स्मेक कम्पनीले यो पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर, १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अघि नबढेपछि सरकारले इजाजतपत्र नै रद्द गरेको थियो । त्यसपछि सन् २०१२ मा यो परियोजना थ्री गर्जेजले पाएको थियो ।
थ्री गर्जेजले पनि काम अघि नबढाएपछि लगानी बोर्डले पश्चिम सेतीलाई कसरी सम्भाव्य बनाउने भन्नेबारे अध्ययन गरेको थियो । जसले एसआर–६ परियोजना पनि दिने हो पश्चिम सेती बन्ने निष्कर्ष निकालेको थियो ।
त्यसैका आधारमा अहिले बोर्डले दुबै परियोजनालाई एउटै प्याकेजमा राखेर यो भारतीय विकासकर्ता कम्पनीलाई दिएको हो । यो परियोजना डोटी र अछाम जिल्लामा पर्छ । दिपायल–गौगुडा ग्रामीणमार्ग परियोजना पहुँचमार्गको नजिक पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।