logo

काठमाडौमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई सरकारले विद्युतीय चुल्हो दिने

यस्तो छ आवेदनको तरिका

    1457   पटक पढिएको

१० फागुन /अर्थ र व्यापार– काठमाडौमा अध्ययनरत दुर्गमका विद्यार्थीलाई सरकारले विद्युतीय चुल्हो दिने भएको छ । दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुल्हो उपलब्ध गराउने लक्ष्यका साथ यस्तो प्रक्रिया सुरु गरेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यस्तो कामकालागि सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताएकी हुन् । मन्त्री भुसालले जानकारि गराए अनुसार दुगर्म क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई घरभाडामा लिएर सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक, स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यर्थीलाई खाना पकाउने एलपी ग्यासको विकल्पमा सरकारले विद्युतीय चुल्हो उपलब्ध गराउन लागिएको हो । जसका लागि निवेदन आह्वान गरिएको छ ।
यसबाट आन्तरिक रूपमा नै विद्युत् खपत बढाउने र विद्युतीय चुल्होको प्रवद्र्धन समेत हुनेछ । नेपालमै पहिलो पटक सरकारको तर्फबाट यस्तो खालको अभ्यास हुन लागेको सो मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सो कामका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताएको छ । स्वदेशी बिजुलीको आन्तरिक खपत बढाउनका लागि सरकारले यस्तो प्रयास गरिरहेको उर्जा मन्त्रालयले विद्यार्थीलाई केन्द्रमा राखेर यस्तो अभ्यास गर्न लागेको हो ।
खाना पकाउने एलपी ग्यासको लगातार मूल्यवृद्धिका कारण अहिले हरेक उपभोक्ताका घरको भान्छा असाध्यै महँगो बन्न पुगेको छ । त्यसको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाउनुभन्दा अर्को कुनै पनि विकल्प छैन ।

सोही अवस्थालाई आत्मसात् गरेर ऊर्जामन्त्री भुसालले तत्काल नै विद्यार्थीलाई विद्युतीय चुल्होको प्रवद्र्धन गर्ने गरी काम सुरु गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई निर्देशन दिएकी थिइन । वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि स्थापित केन्द्रले तोकिएको कार्यादेश अनुसार प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको अवस्थामा मन्त्रालयले असाध्यै महत्वपूर्ण जिम्मेवारी दिएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुका अनुसार अहिले एलपी ग्यासलाई क्रमशः विस्थापित गर्दै लैजाने सोचमा सरकार छ ।

जसका लागि उर्जा मन्त्रालयले अनेक यस्ता वैकल्पीक उपायहरू अवलम्बन गर्ने तयारी थालेको छ ।
यस्तो उपाए अन्र्तगत नै ऊर्जामन्त्री भुसालले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई विद्यार्थीको विवरण संकलन गर्न र त्यसको आवश्यक तयारी गर्न निर्देशन दिएका थिए । सोही आधारमा मंगलबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सार्वजनिक सूचना मार्फत दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई सरकारको यस्तो नयाँ कार्यक्रममा सहभागी हुने आवेदन दिन आग्रह गरेको छ ।
सरकारले नयाँ अवधारणाकासाथ अघि सारेको यो कार्यक्रममा सहभागी हुनेहरुकालागि केन्द्रले तोकिएको समयभित्र आवेदन दिनेहरुले नेपाली नागरिकताको प्रमाणपत्र, आफु अध्ययनरत शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस पेस गर्नुपर्नेछ ।

यसैगरि, आफ्नो वैयक्तिक विवरण भर्नुपर्नेछ । यो कार्यक्रममा सहभागी हुन सरकारले दुर्गम भनेर तोकेका जिल्लाहरुका विद्यार्थीले मात्र पहिलो चरणमा यस्तो सुविधा पाउने छन् । ऊर्जामन्त्री भुसालले विद्युत् खपत बढाउनका लागि यसअघि विभिन्न निकायसँग निरन्तर संवाद गरिरहेकी छिन् । केन्द्रले मंगलबार सार्वजनिक गरेको यो सूचना अनुसार त्यस्तो कार्यक्रममा सहभागी हुन चाहनेहरुले आगामी २५ फागनभित्र आवेदन दिन सकिने जनाएको छ । उच्च अध्ययनकालागि काठमाडौ उपत्यकामा आईपुगेर आर्थिक अभावले दैनिक भान्सा चलाउन समेत समस्यामा परेका विद्यार्थीलाई केही राहत महसुस गराउन र विद्युतीय चुल्होको प्रवद्र्धन गर्न दुर्गम क्षेत्रका विद्यार्थीलाई स्वच्छ चुल्हो कार्यक्रमको माग संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
अब उनीहरुले देखाएको रुची तथा आवेदनमा देखिने माग तथा चापको आधारमा सरकारले यो कार्यक्रमलाई थप प्रभावकारी ढंगले अघि बढाउने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ । 

सरकारले अघि सारेको यस्ता नयाँ नयाँ अवधारणा सहितका कार्यक्रमलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ । आगामी वर्षा यामदेखि विद्युत् माग भन्दा बढी भएर खेर जाने अवस्था रहेको भन्दै चिन्ता प्रकट भइरहेका बेला केन्द्रले विद्युतीय चुल्होको अभियान अघि सारेको हो ।
चालू आर्थिक वर्षभित्र थप १ हजार ५ मेगावाट उत्पादनसँगै विद्युत् खेर जान सक्ने विद्युत् प्राधिकरणको प्रक्षेपण छ । यसैगरि, विद्युतको खपत बढाउन विद्युतीय चुल्हो प्रवद्र्धन तथा विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई प्राधिकरणले जोड दिँदै आएको छ ।
सुधारिएको चुल्हो निर्माणको अभियान नै सञ्चालन गरेको केन्द्रले विद्युतीय चुल्हो इन्डक्सनको समेत प्रवद्र्धनका लागि यस्ता विभिन्न अभियान अघि बढाउन लागेको केन्द्रले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।